मुलुकभर ७७ प्रतिशत रोपाई

उनले समयमै वर्षा भएकाले रोपाई पनि असार महिनाभर झन्डै दुई तिहाई सम्पन्न भएको र आगामी साउन महिनाभर सतप्रतिशत रोपाई हुने बताए । उनले गत वर्षको तुलनामा केही मात्रामा उत्पादन बढ्ने अनुमान गरिएको बताए ।

मुलुकभर हालसम्म ७७ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । कृषि मन्त्रालय अन्र्तगत कृषि प्रसार निर्देशनालयको तथ्यांकअनुसार मुलुकका सवै क्षेत्रमा तीव्र गतिमा धान रोपाई भइरहेको छ । मौसम सक्रिय हुन थालेपछि महिनाभर आधाभन्दा बढि रोपाई सम्पन्न भएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।

उनले समयमै वर्षा भएकाले रोपाई पनि असार महिनाभर झन्डै दुई तिहाई सम्पन्न भएको र आगामी साउन महिनाभर सतप्रतिशत रोपाई हुने बताए । उनले गत वर्षको तुलनामा केही मात्रामा उत्पादन बढ्ने अनुमान गरिएको बताए ।

यस बर्ष गत वर्षको तुलनामा केही मात्रामा धान उत्पादन बढ्ने मन्त्रालयले जनाएको छ । गत बर्ष ५१ लाख मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष त्यो भन्दा बढ्न सक्ने सह—प्रवक्ता सापकोटाको भनाई छ । ‘समयमै पानी प¥यो । मल र बीउमा कुनै कठिनाई नभएकाले पनि उत्पादन बढ्ने अनुमान छ ।’ उनले भने ।