बंगुरपालनबाट मनग्गे आम्दानी

बंगुरपालनबाट गरेको तीन लाख ५० हजार खर्चेर उनले ५० वटा बंगुर अटाउने आधुनिक फार्म निर्माण गरेका छन् । चौधरीले रु तीन लाखमा फार्मका लागि जग्गा खरिद गरेका हुन् ।

कृष्णपुर नगरपालिका– ५ की राधा चौधरीले बंगुरपालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

चौधरीले बंगुर बिक्री गरेर वार्षिकरुपमा रु १२ लाखभन्दा बढीको कारोवार गर्दै आएका छन् । उनले वार्षिक रु छ लाख नाफा गर्छन् ।

उनले १० लाख बराबरको बंगुरको मासु तथा रु दुई लाख १० हजार बराबरको बंगुरको पाठापाठी बिक्री गरेका छन् । चौधरीको फार्ममा चार जाताका माउ बंगुर पालिएका छन् । ‘अझै ३० वटा बंगुर थप्ने योजना छ,’ उनले भने ।

बंगुरपालनबाट गरेको तीन लाख ५० हजार खर्चेर उनले ५० वटा बंगुर अटाउने आधुनिक फार्म निर्माण गरेका छन् । चौधरीले रु तीन लाखमा फार्मका लागि जग्गा खरिद गरेका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालयबाट चार वर्षअघि सातदिने तालीम लिएर उनले आधुनिक तरिकाले बंगुरपालन गर्न थालेका हुन् । ‘बालबालिकाको पढाइ तथा घर खर्च बंगुरपालनको आम्दानीले धानिएको छ,’ उनले भने । बंगुरपालनपछि आर्थिक अभाव नभएको उनी बताउँछन् ।

बंगुरपालनको आम्दानी चौधरीले पक्की घर निर्माणका लागि बैंकमा बचत गर्न थालेका छन् । एक लाख ऋण काढेर उनले चार वर्षअघि बंगुरपालन व्यवसाय थालेका हुन् । बंगुरपालनका लागि लिएको ऋण उनले दुई वर्षमै चुक्ता गरे । ‘हिम्मत गरेर आफ्नै खुट्टामा उभिए अरुको भर पर्नु पर्दैन,’ उनले भने । रासस