नेता नेपाल कम्बोडिया प्रस्थान

नेपालसँगै नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल र काङ्ग्रेसका नेत्री तथा सांसद सुजाता कोइरालासमेत गएकी छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट एसिया प्यासिफिक डेमोक्राट्स इन्टरनेसनल’को उपाध्यक्षसमेत छन् ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आज कम्बोडिया प्रस्थान गरेका छन् ।

कम्बोडियामा यही साउन १५ गते हुने संसदीय निर्वाचनको पर्यवेक्षण गर्न उनी कम्बोडिया गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । ।

नेपालसँगै नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल र काङ्ग्रेसका नेत्री तथा सांसद सुजाता कोइरालासमेत गएकी छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट एसिया प्यासिफिक डेमोक्राट्स इन्टरनेसनल’को उपाध्यक्षसमेत छन् ।

नेता नेपालले त्यहाँ रहँदा विश्वबाट आएका अन्य देशका नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेकपाका नेता रिजालले जानकारी दिए । नेता नेपाल साउन १८ गते स्वदेश फर्किने कार्यक्रम छ । रासस