अनसनको २७ औं दिनमा केसी र सरकारबीच वार्ता सफल, आजै अनसन तोडाउने तयारी

सरकारी वार्ता टोली र डा. केसी पक्षको वार्ता टोलीविच वार्ता निष्कर्षमा पुगेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

विगत २७ दिनदेखी आमरण अनसनमा रहेका डा. गोविन्द केसी र सरकारबीचको वार्ता सफल भएको छ । सरकारी वार्ता टोली र डा. केसी पक्षको वार्ता टोलीविच वार्ता निष्कर्षमा पुगेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

केसी राखेका माग पुरा गराउन सरकार सहमत भइ दुवै पक्षबीच सहमति हस्ताक्षर भएको छ । वार्ता सफल भएपछि डा. केसीको अनसन आजै तोडाउने तयारी रहेको नेम्वाङले बताए ।