भारत सरकारले २०७२ वैशाखामा गएको भूकम्पपछिको पुनर्निर्माण गर्न अनुदान सहायता दिन गरेको प्रतिबद्धताअनुरुप सो रकम दिएको हो ।
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणका निम्ति नेपाललाई अनुदान रकम दिएको छ । नेपालका लागि भारतका राजदूत मञ्जीभसिंह पुरीले अर्थ सचिव डा. राजन खनाललाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । अनुदान रकम हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थिति थियो ।
भारत सरकारले २०७२ वैशाखामा गएको भूकम्पपछिको पुनर्निर्माण गर्न अनुदान सहायता दिन गरेको प्रतिबद्धताअनुरुप सो रकम दिएको हो । प्राप्त रकमबाट नुवाकोट र गोरखा जिल्लाका ४२ हजार ८६ निजी घरधनी लाभान्वित हुने अर्थ मन्त्रालयले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
भारतले नेपाललाई एक खर्ब रुपैयाँ उपलब्ध गराउने र त्यसमध्ये ७५ अर्ब रुपैयाँ सहुलियत व्याजदरमा ऋण र २५ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेलाम पनि भूकप्पछिको पुनर्निर्माणका लागि दिने भिनएको रकमको बारेमा छलफल भएको थियो ।