‘प्रक्रिया पुर्याएर सत्ता हस्तान्तरण गर्न आतुर छौँ’

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले आफ्नाे दल निर्वाचन प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नं १ ले आज बिहान बानेश्वरमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नेता सिंहले संविधानअनुुुसार नियम पु¥याएर काङ्ग्रेसले सत्ता हस्तान्तरण गर्ने बताए ।

‘काङ्ग्रेसलाई अप्ठ्यारो बनाउने बहानामा राष्ट्रपतिले अध्यादेश रोक्न हुँदैन,’ उनको भनाइ थियो । सत्ताका लागि काङ्ग्रेसले लोभ गरेको होइन तर सरकारमा विनाविभागीयमन्त्री बनेर बसेका दलका नेताहरुले काङ्ग्रेसलाई नैतिकताको पाठ सिकाएकामा आफू आश्चर्यचकित बनेको अभिव्यक्ति दिएका थिए । प्रत्यक्षतर्फको निर्वाचनमा आफ्नो दलकोे निराशाजनक सिट आए पनि समानुपातिकमा सन्तोषजनक नतिजा आएको बताएका थिए ।