ग्रेट स्काई म्यानपावरमा विभागको छापा

किर्ते मागपत्र पेस गरेको भन्दै ग्रेट स्काई इन्टरनेसनल म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

वसुन्धरामा रहेको ग्रेट स्काई इन्टरनेसनल म्यानपावरले दुबई दूतावासको नक्कली छाप र किर्ते दस्तखत गरी मागपत्र पेस गरेको भन्दै विभागले छापा मारेको जनाएको छ । विभागले कम्पनीको कारोबार रोक्का गरी कागजात नियन्त्रणमा लिएको विभागका निर्देशक उद्धव रिजालले जानकारी दिए ।