मुलुकभर करिव ९० प्रतिशत राेपाइँ सकियाे

मुलुकभर करिव ९० प्रतिशत राेपाइ सम्पन्न भएकाे छ । कृषि  विकास मन्त्रालय अन्तर्गत कृषि  विकास निर्देशनालयले मुलुकका विभिन्न स्थानहरूमा तीव्र रूपमा भइरहेकाे जनाएकाे हाे । उच्च पहाडमा ८७ प्रतिशत, मध्य पहाडमा ८६ प्रतिशत तराइमा ८६ प्रतिशत र अन्य क्षेत्रफलमा राेपाइ भइरहेकाे जनाएकाे हाे ।

साउनभित्र सतप्रतिशत राेपाइ सकिने र गत बर्षकाे तुलनामा यस बर्ष उत्पादनमा केही वृदि हुने कृषि  विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकाेटाले बताए ।