५९ सीमास्तम्भ पुनःनिर्माण

इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ अाेटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम सुरु गरेको हो ।

इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

“अब पाँच अाेटा सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी छ,” उनले भने । नेपाल र भारतको सहमतिमा नेपालतर्फ बिजोर तथा भारततर्फ जोर नम्बरका सीमास्तम्भ पुनःनिर्माण गरिएको हो । नेपालले १४ अाेटा मुख्य तथा २१ अाेटा सहायक सीमास्तम्भ पुनःनिर्माण गरेको हो ।

“नेपालले अब चार अाेटा मुख्य र एउटा सहायक सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी छ,” सीमा सुरक्षाबल अर्जुनखोलाका सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहालले भने । भारतसित जोडिएको दाङको ८३ किलोमिटर सीमामा ३७ मुख्यसहित ७७ सीमास्तम्भ छन् । रासस