यूएईमा अवैध बसेकालाई वैध हुने बाटो खुल्यो

स्वदेश फर्किन चाहनेहरुले आवेदन दिएको भोलिपल्ट नै त्यस्तो कागजात प्राप्त गर्ने जनाइएको छ । अवैधानिक रुपमा बसिरहेकाहरुलाई वैधानिक हुन वा स्वदेश फर्किन सघाउन यूएईका ९ ठाउँमा केन्द्र खोलिएका छन् ।

यूएईमा अवैध रुपमा बसेका नेपालीलाई वैध बन्न र नेपाल फर्कन बाटो खुला भएको छ । यूएई सरकारले आफ्नो देशमा अवैध रुपमा बस्दै आएका विदेशीलाई ३ महिनासम्म फेडरल अथोरिटी फर आइडेन्टिटी एन्ड सिटिजनसिप अभियान सञ्चालन गरी आममाफी दिने घोषणा गरेको छ ।

यूएईस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी नेपालीहरुलाई सक्दो अवसर लिन आग्रह गरेको छ । दूतावसले अगस्ट १ देखि तीन महिनाको समयमा बिनाभिसा बसिरहेकाहरुले स्वदेश फर्किने कागजात जरिवाना नतिरी बनाउन सक्ने जानकारी दिएको छ ।
त्यसरी फर्किनेहरु पुनः यूएई रोजगारीका लागि आउन चाहेमा पाउँछन् । यूएई छाड्न चाहनेहरुले २ सय २१ दिराम शुल्क बुझाउनुपर्छ । तर यसरी फर्किन चाहनेहरुसँग म्यादसहितको पासपोर्ट र स्वदेश फर्किने टिकट हुनुपर्छ ।

स्वदेश फर्किन चाहनेहरुले आवेदन दिएको भोलिपल्ट नै त्यस्तो कागजात प्राप्त गर्ने जनाइएको छ । अवैधानिक रुपमा बसिरहेकाहरुलाई वैधानिक हुन वा स्वदेश फर्किन सघाउन यूएईका ९ ठाउँमा केन्द्र खोलिएका छन् । भिसाको म्याद गुज्रिए पनि बसिरहेकाहरुले ती केन्द्रमा गएर वैधानिकता लिन वा बिनाजरिवाना स्वदेश फर्किने कागजात बनाउन सक्नेछन् ।

पहिले अन्य रोजगारदाताकोमा काम गर्ने तर हाल भागेर अन्यत्रै काम गरिरहेकाहरुले भगौडाकाृ सूचीबाट आफ्नो नाम हटाउन ५ सय २१ दिराम शुल्क तिर्नुपर्नेछ ।