उत्खननमा चिनियाँलाई  जिते भारतीयले

अनुमति दिइएका खानीमध्ये चुनढुङ्गा ५२, क्वार्ज ४, रातोमाटो ५, कोइला १४, सिसा ३, टल्क १२, फलाम ३, डोलोमाइट १, मार्बल ३, स्ल्याब ८, म्याग्नेसाइट १, जिङ्क १, कायनाइट ९, क्याल्साइट १ र टुर्मालिनका १२ ओटा खनिज छन् । महाशाखाका प्रमुख रामप्रसाद घिमिरे खनिजका लागि महाशाखाले ३ सय ६४ स्थानमा अध्ययन गरे पनि जम्मा १ सय २९ स्थानमा मात्र उत्खननका लागि अनुमति दिइएकोे बताए ।

खानी तथा भूगर्भ विभाग, खनिज सम्पदा महाशाखाले देशभरका १ सय २९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति दिएको छ ।
महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त सङ्ख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति दिएको हो । अनुमति दिइएका खानीमध्ये चुनढुङ्गा ५२, क्वार्ज ४, रातोमाटो ५, कोइला १४, सिसा ३, टल्क १२, फलाम ३, डोलोमाइट १, मार्बल ३, स्ल्याब ८, म्याग्नेसाइट १, जिङ्क १, कायनाइट ९, क्याल्साइट १ र टुर्मालिनका १२ ओटा खनिज छन् ।
महाशाखाका प्रमुख रामप्रसाद घिमिरे खनिजका लागि महाशाखाले ३ सय ६४ स्थानमा अध्ययन गरे पनि जम्मा १ सय २९ स्थानमा मात्र उत्खननका लागि अनुमति दिइएकोे बताए ।

’सबै खोजतलास गरेका ठाँउमा खनिज हुन्छ भन्ने हुँदैन, खनिज पत्ता लागेको ठाउँमा मात्र उत्खनन गर्ने हो’, उनी भन्छन् । नेपालमा उत्खनन गर्न लागिएका खनिजमध्ये अधिकांश स्वदेशी लगानीमै उत्खनन हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ४ खनिजको उत्खनन भारतीय र ३ खनिजको उत्खनन चिनियाँ कम्पनीले गर्न लागेका छन् ।

नेपालमा उत्खनन गरिएका खनिजलाई अतिमहत्वपूर्ण, महत्वपूर्ण र साधारण गरी तीन भागमा छुट्टाइएको छ । तीमध्ये अतिमहत्वपूर्णमा सुन, चाँदी, हीरालगायतका बहुमूल्य धातु पर्छन् । महत्वपूर्णमा चुनढुङ्गा, काइनाइट, फलाम र साधारणमा रातोमाटो, गिट्टी, बालुवालगायत पर्दछन् । मुलुकमा उत्पादित काइनाइट, टुर्मालिन र क्वार्जजस्ता खनिज पदार्थलाई मूल्य अभिवृद्धि र प्रविधिको अभावका कारणले दुई वर्षदेखि विदेशमा निकासी गर्न नसकिएको महाशाखा प्रमुख घिमिरेले जानकारी दिए ।