ऊर्जामन्त्री पुनले हप्ताको शुक्रबार उपभोक्ताको गुनासो बारे हटलाइनमा कुराकानी गर्ने

मन्त्रालय मातहतका निकाय विद्युत् प्राधिकरण, विद्युत विकास विभाग लगायत अन्य सेवामूखी संस्थाहरुबाट उपभोक्ताहरुले पाइरहेको सास्ती र समस्याका बुझ्न र सम्वोधनका लागि समवन्धित निकायलाइ तत्काल निर्देशन दिन यस खालको प्रणाली सुरु गरिएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले हरेक हप्ताको शुक्रबार उपभोक्ताका गुनासो हटलाइनमार्फत कुराकानी गर्न थालेका छन । मन्त्रालय मातहतका निकाय विद्युत् प्राधिकरण, विद्युत विकास विभाग लगायत अन्य सेवामूखी संस्थाहरुबाट उपभोक्ताहरुले पाइरहेको सास्ती र समस्याका बुझ्न र सम्वोधनका लागि समवन्धित निकायलाइ तत्काल निर्देशन दिन यस खालको प्रणाली सुरु गरिएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

उनले मन्त्रालय मातहतका निकायबाट हुने सेवालाइ प्रभावकारी बनाइ सुचनामैत्री, गुणस्तरीय र जनताका गुनासा र समस्या बारे जानकारी लिदैँ सम्वन्धित निकायलाई सुधार्न निर्देशन दिइने बताए ।

हरेक हप्ताको शुक्रबार मध्याह्न १२ बजेदेखि १ बजेसम्मको अवधिमा निशुल्क हटलाइन नम्वर ११५१ र ०१४२००६४१÷४२ मा प्रत्यक्ष फोन सम्पर्क गरेपछि मन्त्री पुनसँग सिधा समस्या राख्न सकिने खड्काले जानकारी दिए ।