सकिन लाग्यो मुलुकभर रोपाइँ, हालसम्म ९० प्रतिशत भन्दा बढि रोपाइँ

हालसम्म सुदुरपश्चिमाञ्चलमा सतप्रतिशत र पश्चिमाञ्चलमा ९५ प्रतिशत रोपाइ भएको छ । अन्य क्षेत्रमा ९० प्रतिशत रोपाइ सकिएको छ । निरन्तर बर्षा भइरहेकाले अहिले मुलुकका विभिन्न क्षेत्रमा रोपाइ भइरहेको छ ।

देशमा धान रोपाइ झन्डै सकिन लागेको छ । हालसम्म ९० प्रतिशत धान उत्पादन हुने क्षेत्रफलमा रोपाई सकिएको कृषि विकास मन्त्रालय अन्र्तगत कृषि प्रसार निर्देशनालयले जनाएको छ । मुलुकका धेरै ठाउँमा धान रोपाई सम्पन्न भएको छ । भने थोरै क्षेत्रमा मात्रै बाँकी छ ।

हालसम्म सुदुरपश्चिमाञ्चलमा सतप्रतिशत र पश्चिमाञ्चलमा ९५ प्रतिशत रोपाइ भएको छ । अन्य क्षेत्रमा ९० प्रतिशत रोपाइ सकिएको छ । निरन्तर बर्षा भइरहेकाले अहिले मुलुकका विभिन्न क्षेत्रमा रोपाइ भइरहेको छ ।

गत बर्ष यहि समयमा ७० प्रतिशत मात्रै रोपाइ भएको मन्त्रालयले जनाएको छ । समयमै बर्षा हुनु, रासायनिक मलको उपलव्धता, समयमै बीउ उपलव्ध भएको र रोपाई पनि समयमै सम्पन्न हुन लागेकाले गतबर्षको तुलनामा यस बर्ष धान उत्पादनमा वृद्धि हुने कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।