प्रधानमन्त्रीले भने– ६ करोड धरौटी धेरै भयो, मलेसियाको रोजगार लामो समय रोक्नुहुँदैन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले धेरै म्यानपावर कम्पनी हुँदा कामदार ठगिएको र नियमन पनि गर्न समस्या भएको भन्दै म्यानपावरको सङ्ख्या घटाउने उद्देश्यले ६ करोड धरौटी पुर्याउने तयारी गरेको थियो । ६ करोड धरौटी पुर्याउने प्रस्तावको व्यवसायीले विरोध गर्दै प्रधानमन्त्रीसँग कुरा पुर्याएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले म्यानपावर कम्पनीको धरौटी ६ करोड नहुने सङ्केत दिएका छन् । वैदेशिक रोजगार व्यवसायीसँग शुक्रबार भेटघाट गर्दै प्रधानमन्त्री ओलीले ६ करोड धेरै भएकाले यस विषयमा विभागीय मन्त्रीसँग कुरा गर्ने बताएका हुन् ।

‘६ करोड रकम धेरै हुन्छ, यसले धेरै व्यवसायी विस्थापित हुन्छन्, म मन्त्रीसँग कुरा गर्छु,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै भेटघाटमा सहभागी वैदेशिक रोजगार व्यवसायी सुवर्ण श्रेष्ठले भनिन्, ‘उहाँले यस विषयमा छलफल गर्न वैदेशिक रोजगार व्यवसायीसहित एउटा समिति बनाउने र त्यही समितिले छलफल गरेर समाधान गर्ने बताउनुभयो ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले धेरै म्यानपावर कम्पनी हुँदा कामदार ठगिएको र नियमन पनि गर्न समस्या भएको भन्दै म्यानपावरको सङ्ख्या घटाउने उद्देश्यले ६ करोड धरौटी पु¥याउने तयारी गरेको थियो । ६ करोड धरौटी पुर्याउने प्रस्तावको व्यवसायीले विरोध गर्दै प्रधानमन्त्रीसँग कुरा पु¥याएका हुन् ।

भेटघाटमा प्रधानमन्त्री ओलीले मलेसियाको रोजगारको विषयमा पनि चासो दिएका छन् । करिब ३ महिनादेखि नेपाली कामदार मलेसिया जान बन्द भएपछि व्यवसायीले मलेसियाको समस्या पनि प्रधानमन्त्रीसमक्ष राखेका थिए । प्रधानमन्त्रीले मलेसियामा कामदार पठाउन लामो समयसम्म बन्द गर्ने नहुने बताएको श्रेष्ठले बताइन् । ‘उहाँले लामो समयसम्म रोकेर हुँदैन यस विषयमा पनि छिट्टै समाधान निस्कन्छ, श्रममन्त्रीसँग यस विषयमा थप बुझ्छु भन्नुभयो,’ उनले भनिन् ।

कामदार पठाउने मुलुकसँग नेपालले श्रम सम्झौता गरेपछि धेरै समस्याको समाधान हुने भएकाले श्रम सम्झौता गरेर अगाडि बढ्ने प्रधानमन्त्रीले बताएको श्रेष्ठले जानकारी दिइन् ।