जोशीको नाममाथि समितिमा सर्वसम्मती नभएपछि मतदान मार्फत दुईतिहाई मतबाट जोशीको नाम अस्वीकृत भएको हो ।
संसदीय सुनुवाइ समितिमा सर्वसम्मत नभएपछि दुइतिहाइको मतले प्रधानन्यायधिसमा दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ । । जोशीको नाममाथि समितिमा सर्वसम्मती नभएपछि मतदान मार्फत दुईतीहाई मतबाट जोशीको नाम अस्वीकृत भएको हो ।
समितिमा मतदान हुने भएपछि नेपाली कांग्रेसका सांसदहरु मतदान प्रक्रियामा सहभागी नभई बाहिरिएका थिए । १५ सदस्यीय समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४, संघीय समाजवादी फोरमकाा १ र राजपाका १ सांसद सदस्य छन् ।
जोशीको विपक्षमा १० र पक्षमा शून्य मत परेको छ । समितिले उनको नाम अनुमोदन नभएको जानकारी संवैधानिक परिषदलाई दिने छ ।सर्वोच्च अदालतबाट तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि जोशी वरिष्ठताका आधारमा कायममुकायम प्रधानन्यायाधीश छन् ।
जोशीले समितिमा पेश गरेको कार्ययोजनासँग समितिका अधिकांश सदस्य असन्तुष्ट थिए भने उनका शैक्षिक प्रमाणपत्र समेत विवादमा परेका छन् ।