कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त

राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

नेकपाका सांसद भानुभक्त ढकाल कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् । बङ्गलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानुन मन्त्रालय मन्त्रीविहीन थियो ।

यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी भने सङ्घीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवले पाउने भएका छन् ।

मन्त्री राज्यमन्त्रीको शपथ साढे ४ बजे हुँदै छ ।