बागलुङमा विद्युत्को कुलो भत्किएपछि निसीखोलाका हजार घरधुरी अन्धकार

गत साउन १७ र १८ गते आएको अविरल बर्षाले विद्युत् आयोजनाको कुलो भत्किएको थियो । कुलो भत्किएपछि विद्युत् सेवाबाट वञ्चित हुनुपरेका त्यहाँका स्थानीयले जानकारी दिएका छन ।

निरन्तरको बर्षा सहित आएको पहिरोले निसीखोला—४ मा रहेको निसीखोला लघुजलविद्युत् आयोजनाको कुलाे भत्किएपछि त्यस क्षेत्रका झन्डै एक हजार भन्दा बढि घरघुरीका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन । गत साउन १७ र १८ गते आएको अविरल बर्षाले विद्युत् आयोजनाको कुलो भत्किएको थियो ।

कुलो भत्किएपछि विद्युत् सेवाबाट वञ्चित हुनुपरेका त्यहाँका स्थानीयले जानकारी दिएका छन । विद्युत् सेवा बन्द भएपछि स्थानीयको दैनिक काम तथा कुटानी पिसानी मिल, उद्योग, कारखाना बन्द भएको त्यहाँबाट स्थानीय शुवास कुँवरले बताए ।