वैदेशिक रोजगारीमा जाँदा दलाल र म्यानपावर कम्पनीले गर्ने ठगीको सङ्ख्या एक बर्षमा २ सय ५५ ओटा उजुरी कम परेका छन् । आर्थिक वर्ष २०७३/०७४ मा दुई हजार ३ सय ८३ ओटा उजुरी परेका थिए भने २०७४/०७५ मा २ हजार एक सय २९ ओटा उजुरी परेका थिए ।
आर्थिक वर्ष २०७३/०७४ देखि आव २०७४/०७५ को एक वर्षमा वैदेशिक रोजगार विभागमा ठगिका उजुरी घटेका छन् । वैदेशिक रोजगारीमा जाँदा दलाल र म्यानपावर कम्पनीले गर्ने ठगीको सङ्ख्या एक बर्षमा २ सय ५५ ओटा उजुरी कम परेका छन् ।
आर्थिक वर्ष २०७३/०७४ मा दुई हजार ३ सय ८३ ओटा उजुरी परेका थिए भने २०७४/०७५ मा २ हजार एक सय २९ ओटा उजुरी परेका थिए । यो सङ्ख्या गत वर्षको तुलनामा दुई सय ५५ ओटाले कम हो । वैदेशिक रोजगार विभागकै कर्मचारी अनियमितामा बढी संलग्न हुँदा कामदार ठग्ने म्यानपावरलाई समेत कारबाही भएको छैन । विभागले कुनै कारबाही नगर्दा संस्थागत तथा व्यक्तिगत उजुरीको सङ्ख्या पनि बढ्दै गएको छ । विभागका अनुसार संस्थागत ठगीभन्दा व्यक्तिगत ठगीका उजुरी धेरै छन् ।
वैदेशिक रोजगार विभागमा आव २०७४/०७५ मा म्यानपावर विरुद्ध एक हजार २० ओटा उजुरी परेका छन् । विभागका अनुसार सोही अवधिमा एक हजार १ सय ९ ओटा व्यक्तिगत उजुरी परेका छन् । सो अवधिमा व्यक्तिगत उजुरीमा ७५ करोड ३७ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै संस्थागतमा ७६ करोड ८३ लाख ६१ हजार १ सय ८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
उजुरीमध्ये व्यक्तिगततर्फ बढी मुद्दा दायर गरिएको छ भने मिलाउने (फरफारक) तर्फ संस्थागतको बढी छ । विभागका अनुसार व्यक्तिगततर्फ एक सय ९१ उजुरीलाई फरफारक गरिएको छ । त्यस्तै संस्थागततर्फ ८ सय ३२ उजुरीलाई फरफारक गरिएको छ । व्यक्तिगतका २ सय ८ उजुरीलाई अदालतमा मुद्दा दायर गरिएको छ भने संस्थागततर्फ कुनै पनि म्यानपावरविरुद्ध मुद्दा दायर गरिएको छैन । विभागबाट निर्णय गरेर ३७ लाख रुपैयाँ संस्थागततर्फ जरिवाना भने गरिएको छ ।
नेपाली कामदार दक्ष बनाई पठाउन कार्ययोजना बनाउन लागिएको वैदेशिक रोजगार विभागका सहसचिव कृष्ण ज्ञवालीले बताए । सरकारले विगतमा कुनै पनि क्षेत्रबाट अदक्ष कामदारलाई उचित किसिमको तालिम दिन नसकेको र अहिलेको सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई सीपमूलक तालिम दिई दक्ष बनाई पठाउने उनको भनाइ छ ।