नेपाल राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष उद्धव अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ,‘ राज्यको अदुरदर्शी र व्यवस्थापनको कमीका कारण आज काठमाडौं उपत्यका लगायत पाँचथर, चितवन, धादिङ, काभ्रे लगायतका जिल्लाका किसान विशेषतः गोलभेडा उत्पादन र बजारीकरणको प्रत्यक्ष मारमा छन ।’
मुलुकका विभिन्न जिल्लामा उत्पादन हुने गोलभेडाले उचित मुल्य नपाएपछि किसान चिन्तित भएका छन । स्थानीय बजार नहुनु, उत्पादनको समर्थन मुल्य नतोकिदा प्रत्यक्ष मारमा परेका किसानहरुले एक विज्ञप्ती प्रकाशित गरी सरकारलाई ध्यानाकर्षण गराएका हुन् । नेपाल राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष उद्धव अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ,‘ राज्यको अदुरदर्शी र व्यवस्थापनको कमीका कारण आज काठमाडौं उपत्यका लगायत पाँचथर, चितवन, धादिङ, काभ्रे लगायतका जिल्लाका किसान विशेषतः गोलभेडा उत्पादन र बजारीकरणको प्रत्यक्ष मारमा छन ।’
अन्र्तराष्ट्रिय निर्यातका वस्तुको सुचीमा गोलभेडा नपरेकाले अहिले करिव १३० हजार प्लाष्टिक टनेलमा उत्पादित गोलभेडाले उचित बजार पाउन नसक्दा सडकमा त्यत्तिकै खेर गइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
किसानले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने जिम्मा सरकारको भएकाले स्वदेशमै बजारको व्यवस्था गर्ने र अन्र्तराष्ट्रिय बजारसम्म निर्यात गर्ने नीति अवलम्वन गर्नुपर्ने महासंघका अध्यक्ष अधिकारीले जानकारी दिए ।