बंगलादेशका विद्युत् तथा उर्जा राज्यमन्त्री हादिम नेपालमा

नेपाल र बगलादेशबीच विद्युत आदानप्रदान तथा व्यापार बारे इनर्जी को अपरेसनमा मा सहभागी हुन बंगलादेशका विद्युत, उर्जा तथा खनिज राज्यमनत्री नसरुल हादिम काठमाडौंमा आइपुगेका छन् ।

उनले शुक्रबार  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँग भेट्ने भएका छन । द्विपक्षीय वार्ता गरी ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारीपत्र एमओयूमा हस्ताक्षर हुने मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । हमिदले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने कार्यक्रम छ ।

जलविद्युत विकासमा विदेशी लगानी भित्र्याएर यहाँको विद्युत क्षेत्रीय बजारमा पुर्याउने उद्देश्यले रणनीतिक योजना अनुसार ‘इनर्जी को–अपरेसन’ मा एमओयू हुन लागेको छ । यस्तो समझदारी यसअघि चीन र भारतसँग भइसकेको छ । भारतसँग त विद्युत व्यापार सम्झौता पिटिए नै भएको छ ।

हमिदको २ दिने नेपाल भ्रमणमा इनर्जी को–अपरेसनसँगै पिटिएबारे पनि छलफल हुनेछ । मन्त्री पुनले बढी हुने यहाँको विद्युत सार्क ९दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन राष्ट्रभरि पुर्याउन रणनीतिक काम थालेका छन् । उनले यसअघि पनि भारतसँग जस्तै बंगलादेशसँग पनि पिटिए गर्ने बताउँदै आएका थिए ।

२०७४ चैत २१ देखि थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमका अवसरमा पनि दुई मन्त्रीबीच ऊर्जा विकासमा सहकार्य गर्नेबारे छलफल भएको थियो । त्यतिबेलै हमिदले नेपालको विद्युत लैजान भारतको बाटो चाहिने हुँदा यसबारे बंगलादेशले कुरा गरिरहेको बताएका थिए ।