जैदीका एकाघरका ब्रेन ट्युमर र मृगौला पीडीतलाइ जापानबाट सहयोग प्रदान

बागलुङको जैमिनी नगरपालिका—७ जैदीका एकै घरका दुई जना ब्रेन ट्युमर र मृगौला फेल भइ पीडीत भएका विभूती राना र हेमबहादुर रानालाई उपचारका लागी सहयोग रकम हस्तान्तरण गरिएको छ । काठमाडांैका विभिन्न अस्पतालमा उपचार गराइरहेको उनीहरुलाई शनिबार नगद रकम हस्तान्तरण गरिएको हो । नेपाली जनसम्पर्क समिति जापानका केन्दीय सदस्य राजन गिरीको संयोजन र क्षेत्रीय समिति कान्तो जापानका संयोजक यदुराम सापकोटाको विशेष सक्रियतामा नगद १ लाख सहयोग रकम जुटाई पीडीत विभूती रानालाइ उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

मस्तिष्क क्यान्सरबाट पीडीत रानालाई जोरपाटीमा रहेको नेपाल मेडिकल कलेजको अस्पतालमै पुगेर नेपाली काग्रेस बागलुका महासमिति सदस्यद्वय जगदीशचन्द्र उपाध्याय, भीम श्रीस र सो सहयोगका लागि समन्वय गर्ने नेविसंघ सहमहामन्त्री एवं नेपाली काग्रेस बागलुङका महाधिवेशन प्रतिनिधी हरिहर शर्मा र नेविसंघ बागलुङका पूर्व सभापति टिका पौडेल सहितको टोलीले नगद ५० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेका थिए ।

त्यस्तै मृगौला पीडीत हेमबहादुर रानालाई सोही टोलीले नगद रकम ५० हजार हस्तान्तरण गरेको थियो । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति जापानका पदाधिकारी सदस्य एवं सुभेच्छुकहरुबाट रकम संकलन गरी पठाइएको नेजस जापानका केन्द्रिय सदस्य राजन गिरीले जानकारी दिए ।

ब्रेन ट्युमर पीडीत विभूती राना विगत ५ बर्षदेखि उपचार गराइरहेकी छन । अहिलेसम्म २० लाख भन्दा बढि खर्च भइसकेको छ । उनको थप उपचार खर्च नभएकाले सबैलाई सहयोग गर्न पीडीत परिवारले अपिल गरेको छ । आफ्नो छोरीको उपचार खर्च गर्न बाँकी केही नभएकाले थप उपचारका लागी सवैलाई सहयोग गर्न पीडीत रानाकी आमा विनिता पण्डित रानाले आग्रह गरेकी छन । ३ बर्षको उमेरमा बीर हस्पिटलमा रानाको अपरेसन गरिएको थियो ।

Image may contain: 1 person, sitting and sleepingImage may contain: one or more people

पीडीत रानाका लागी सहयोग गर्न चाहने मनकारी दाजुभाइहरुले पीडीतकी आमा दीपीका पण्डितको नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्वर ०२८०५०८०३८९५८७ र सिधा सहयोग गर्न चाहनेका लागि मोबाइल नम्बर ९८५११३०२८१ रहेको छ ।

यता मृगौला पीडीत २८ बर्षीय हेमबहादुर राना विगत ७ बर्षदेखि उपचार गराइरहेका छन । काठमाडौंस्थित राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थलीमा उपचाररत थापाको मृगौला प्रत्यारोपण गर्नुपनेछ । तर, मृगौला प्रत्यारोपणमा सहयोग गर्न कुनै व्यक्ति भेटिएको छैन । राना मृगौलाको डायलासिस गरिरहेका छन । आफन्त र दाजुभाइ सँग ऋण लिएर उपचार गराइरहेका रानाको आर्थिक अवस्था कमजोर छ । थप उपचार खर्च अभाव रहेकाले आफ्नो जीवना रक्षाका लागि सहयोग गरिदिन उनले आग्रह गरेका छन । रानाको उपचारका लागी सहयोग गर्न चाहनेलाई सुदीप गिरीको राष्टिय बाणिज्य बैंकको खाता नम्बर ३४०००१२५१३१० रहेको छ ।Image may contain: 5 people, including Paudel Tika and Jagadish Upadhyaya, people sittingImage may contain: 1 person, closeup

विभिन्न समयमा आफ्नो क्षेत्रमा बाढी, प्रकोप, उपचारबाट वञ्चित लगायत विभिन्न समस्याबाट पीडीतलाई सहयोग गर्दै आएका नेविसंघ सहमहामन्त्री हरिहर शर्माले यस्ता मानवीय सहयोगका निम्ति निरन्तर समन्वय गर्न क्रियाशील हुने बताए ।