सोमबारदेखि विहीबारसम्म साँझ ७ देखि ९ बजेसम्म विद्युत् नआउने

ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाईन हाल १३२ केभीमा सञ्चालन भइरहेकोमा उक्त प्रसारण लाईनलाई २२० केभीमा स्तरोन्नती गर्न उक्त प्रसारण लाइनबाट विद्युत आपूर्ति बन्द गर्नुपर्ने भएकाले लोडसेडिङ हुने भएको हो ।

सोमबारदेखि विहीबारसम्म साँझको समयमा दुइ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाईन हाल १३२ केभीमा सञ्चालन भइरहेकोमा उक्त प्रसारण लाईनलाई २२० केभीमा स्तरोन्नती गर्न उक्त प्रसारण लाइनबाट विद्युत आपूर्ति बन्द गर्नुपर्ने भएकाले लोडसेडिङ हुने भएको हो ।

कोहलपुर देखि दुहबीेसम्म १३२ के.भी., ६६ के.भी. र ३३ के.भी.का सवस्टेसनहरुबाट औद्योगिक फिडरहरु मार्फत विद्युत आपूर्ति बन्द हुने छ । अन्य क्षेत्रमा पनि लोडसेडिङ गर्नुपर्ने भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।