शनिवार काठमाडौंमा डा. धुव्रचन्द्र रेग्मीले सितारमा भैरव आराधना गरी तान्त्रिक प्रक्रियाको बीचमा काल भैरवको प्रतिरुपद्वारा पुस्तक लोकार्पण गरिएको थियो ।
एबीसी टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत महेश राणाको पुस्तक ‘महागुरु’ सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा डा. धुव्रचन्द्र रेग्मीले सितारमा भैरव आराधना गरी तान्त्रिक प्रक्रियाको बीचमा काल भैरवको प्रतिरुपद्वारा पुस्तक लोकार्पण गरिएको थियो ।
पुस्तक विमोचन कार्यक्रममा सूर्य नेपालका उपाध्यक्ष रवि केसी, सिटिजन बैङ्कका सीईओ राजनसिंह भण्डारी, फिसटेल एयरका अध्यक्ष विकास राणा, आनका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशी’, ई–क्यानका अध्यक्ष विष्णुहरि पाण्डे, नायक निखिल उप्रेती, अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेजका अध्यक्ष सुमन भेटवाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
पिनाकल पब्लिकेशनले बजारमा ल्याएको पुस्तकको समीक्षा शेखर खरेलले गरेका थिए । धार्मिक र आध्यात्मिक विषयवस्तु समेटिएको पुस्तकमा नौ उपशीर्षक छन् । पुस्तकमा मानिसको भौतिक अवस्थालाई कसरी आध्यात्मिक बनाउने भन्ने विषयमा भगवान काल भैरवसँग गरेको अन्तरसंवादलाई उतारिएको छ । पुस्तकमा जीवनलाई रुपान्तरण, आध्यात्मिक साधन आदिलाई विशेष जोड दिइएको छ ।
लेखक राणाले आफूले पुस्तक लेखेको भन्दा पनि साधनाबाट महागुरुले दिएको विचारलाई प्रस्तुत गरेको बताएका छन् ।