कर वृद्धिका कारण सङ्घीय व्यवस्था बदनाम

सत्तारुढ सांसद हृदयश त्रिपाठीले करको भार बढिरहँदा एउटा समूह खुसी भएको भन्दै करविरुद्धको आन्दोलनले सङ्घीय व्यवस्थामात्र नभएर अरु अरु धेरै चिज नष्ट गर्ने चेतावनी दिए । ‘करको भार बढिरहेको छ, स्याङजामा ज्योतिषलाई पनि कर लगाइएको छ,’ उनले भने, ‘ज्योतिष, कुखुरा, परेवा, साइकल जे देख्यो त्यसैमा कर लगाइएको छ । हुँदा हुँदा मान्छे देख्यो भने कर लगाउला भन्ने त्रास सिर्जना भएको छ ।’

जथाभावी रुपमा स्थानीय तहले कर लगाउँदा सङ्घीय व्यवस्था नै बदनाम भएको सांसदहरुले बताएका छन् । सोमबारको संसद बैठकमा सांसदहरुले जथाभावी कर लिँदा देशव्यापी आन्दोलन सुरु भएको भन्दै सरकारलाई सचेत गराए ।

सत्तारुढ सांसद हृदयश त्रिपाठीले करको भार बढिरहँदा एउटा समूह खुसी भएको भन्दै करविरुद्धको आन्दोलनले सङ्घीय व्यवस्थामात्र नभएर अरु अरु धेरै चिज नष्ट गर्ने चेतावनी दिए । ‘करको भार बढिरहेको छ, स्याङजामा ज्योतिषलाई पनि कर लगाइएको छ,’ उनले भने, ‘ज्योतिष, कुखुरा, परेवा, साइकल जे देख्यो त्यसैमा कर लगाइएको छ । हुँदा हुँदा मान्छे देख्यो भने कर लगाउला भन्ने त्रास सिर्जना भएको छ ।’

देशभरि करविरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै उनले सरकारले समय छँदै नसम्हाले भयावह स्थिति आउने दाबी गरे । मनोमानी ढङ्गले कर वृद्धि गर्दा निर्वाचनको उपहार नै कर हो भन्ने सन्देश गएको त्रिपाठीको भनाइ छ । उनले यस्तो अवस्था आउनुमा स्थानीय तह शक्तिशाली र प्रदेशलाई अधिकारविहीन हुनुको उपज भएकाले सङ्घीय संसदले छिटो निकास दिनुपर्ने बताए ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले जन्मदर्ता र मृत्युदर्ताको सिफारिस गर्दा एक हजार लिनु न्यायोचित नभएको बताइन् । जन्मदर्ता र मृत्युदर्ताका लागि सिफारिस गर्दा पनि मोटो रकम लिइएको भन्दै उनले महँगो कर जनताले तिर्न नसक्ने बताइन् ।
संसदमा राप्रपा महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले इन्टरनेट सेवामा लाग्ने कर सेवाप्रदायकले तिर्ने भनेपनि मोबाइल डाटा प्याकमा ३० प्रतिशतसम्म कर वृद्धि कायमै रहेको बताए । जनतालाई कर थुपारेर सरकार कता जान खोजेको भनेर लिङ्देनले प्रश्न उठाएका छन् ।