प्रमुख पाँच दलको बैठक सुरु

बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा निर्वाचन अध्यादेश विषयलगायत अन्य राजनीतिक मुद्दामा छलफल हुने बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाद्वरा बोलाइएको प्रमुख पाँच दलको बैठक अहिले बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरमको उपस्थिति छ । उपर्युक्त दलका शीर्ष नेता सहभागी बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा निर्वाचन अध्यादेश विषयलगायत अन्य राजनीतिक मुद्दामा छलफल हुने बुझिएको छ ।

पछिल्लो राजनीतिक गतिविधिका बारेमा छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलको बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सङ्घीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरु सहभागी छन् ।