बिटक्वाइन तीव्र गतिमा मूल्य घटबढ हुने स्टकका रुपमा चिनिन्छ । नोभेम्बरमा यो चार दिनभित्रै ३० प्रतिशत तल झरेको थियो र ७ हजार ८ सय ८८ डलरको स्तरबाट ५ हजार ५ सय ५५ डलरसम्म तल आएको थियो ।
टोकियो : केही दिन अघिसम्म लगातार उकालो लागेको क्रिप्टोकरेन्सी बिटक्वाइन चिप्लिएको छ । आज शुक्रबार बिट्सट्याम्प एक्सचेन्जमा यो २० हजार डलरको रेकर्डस्तरबाट ३० प्रतिशत घटेर १४ हजार डलरमा आइपुग्यो । अर्थात् प्रतिबिटक्वाइनमा करिब सवा ४ लाख रुपैयाँको गिरावट आएको छ । यसअघि गत बुधबार यो १५ प्रतिशत घटेको थियो । २०१७ को सुरुमा करिब १ हजार डलरको स्तरमा भएको बिटक्वाइन विशाल सीएमई ग्रुपद्वारा बिटक्वाइन मूल्य इन्डेक्स लन्च गरेपछि गत आइतबार १९ हजार ६ सय ६६ डलरको उच्चतम स्तरमा पुगेको थियो । त्यसपछि यसले एक तिहाई मूल्य गुमाइसकेको छ ।
सिडनीस्थित एएसआर वेल्थ अडवाइजर्सका इक्विटिज तथा डेरिभेटिभ्स सल्लाहकार सेन सनलले भने, ‘यो वर्ष बिटक्वाइन अति माथि पुग्यो । यस्तो स्थितिमा एउटा करेक्सनको सम्भावना रहन्छ । बिटक्वाइनबाट ठूलो मात्रामा पुँजी यसका अन्य विकल्पहरुमा आइरहेका छन् । तपाईंले भीईआरजीई र आरआईपीपीएलईजस्ता कम्पनीहरु हेर्नुभयो होला, गत हप्ता यी कम्पनीहरुमा ४ सय प्रतिशतको वृद्धि भएको छ ।’
बिटक्वाइनको सफलताले क्रिप्टोकरेन्सीहरुमा जीवन प्रवाह गरिदिएको छ र यसले आप्mना प्रतिद्वन्द्वीहरुलाई पनि फाइदा पु¥याएको छ, जसले बिटक्वाइनको विकल्प दिन्छन् ।
बिटक्वाइन तीव्र गतिमा मूल्य घटबढ हुने स्टकका रुपमा चिनिन्छ । नोभेम्बरमा यो चार दिनभित्रै ३० प्रतिशत तल झरेको थियो र ७ हजार ८ सय ८८ डलरको स्तरबाट ५ हजार ५ सय ५५ डलरसम्म तल आएको थियो । सेप्टेम्बरमा यसमा ४० प्रतिशतको गिरावट आएको थियो । टोकियोस्थित मोनेक्स सिक्योरिटिजका मुख्य रणनीतिकार तकासी हिरोकी भन्छन्, ‘बिटक्वाइनमा निवेश जुवा खेल्नुजस्तै हो, त्यसकारण यसको गति तर्कसङ्गत प्याटर्नलाई अनुसरण गर्दैन ।’
(एजेन्सीको सहयोगमा)