बासज्याकर्स नेपालमा, आज साँझ क्लब डेजाभुमा प्रस्तुति

बासज्याकर्सको इलेक्ट्रो हाउस ट्राक साभीवर, क्र्याकिङ र वेभ योर ह्यान्ड्स विटपोर्ट टप १ सयको सूचीमा छ । सन् २००७ देखि सक्रिय यो समूहले विश्वका विभिन्न मुलुकमा आफ्नो प्रस्तुति दिइसकेको छ । सन् २०१५ देखि यो समूह डिजे म्यागका उत्कृष्ट एक सय डिजेहरुको सूचीमा पर्दै आएको छ ।

विश्वप्रख्यात डच इलेक्ट्रिोनिक डिजे समूह बासज्याकर्सका सदस्य डिजे मार्लाेन नेपाल आइपुगेका छन् ।

शुक्रबार (आज) साँझ दरबारमार्गको क्लब डेजाभुमा आफ्नो प्रस्तुति दिनका लागि मार्लाेन नेपाल आइपुगेका हुन् । बासज्याकर्स डिजे म्यागको विश्वका एक सय डिजेहरुको सूचीमा ३५ नम्बरमा छ । समूहका अर्का सदस्य राल्फ भ्यान हिल्स्ट इलेक्ट्रिक म्युजिक प्रोडक्सन गर्छन् ।

बासज्याकर्सको इलेक्ट्रो हाउस ट्राक साभीवर, क्र्याकिङ र वेभ योर ह्यान्ड्स विटपोर्ट टप १ सयको सूचीमा छ । सन् २००७ देखि सक्रिय यो समूहले विश्वका विभिन्न मुलुकमा आफ्नो प्रस्तुति दिइसकेको छ । सन् २०१५ देखि यो समूह डिजे म्यागका उत्कृष्ट एक सय डिजेहरुको सूचीमा पर्दै आएको छ ।

बासज्याकर्सको प्रस्तुतिका लागि सम्पूर्ण तयारी सकिएको क्लब डेजाभुले जनाएको छ । सम्पूर्ण टिकट बिक्री भइसकेको र केही टिकट डोर सेलका लागि मात्र रहेको डेजाभुको भनाइ छ । बासजायकर्सका लागि सुरक्षा व्यवस्थासमेत कडा बनाइएको पनि क्लबले जनाएको छ ।