नेपाल चिनाउँदै राणा

विश्वका ५० भन्दा बढी मुलुक भ्रमण गरिसकेकी राणाले प्रत्येक भ्रमणमा नेपाललाई चिनाउने प्रयास गरिरहेकी हुन्छिन् । ‘बिदा मनाउन, सेमिनार अथवा बिजनेस मिटिङमा जाँदा नै किन नहोस्, नेपालको पर्यटन र संस्कृतिबारे बोल्न छुटाउँदिनन् । त्यसैले उनलाई लाग्छ— आखिर मैले पनि नेपालको पर्यटन दूतको काम गरिरहेकी छु ।

नेपालको ५० वर्षभन्दा बढी पुरानो पहिलो पाँचतारे होटल डेला अन्नपूर्णकी कार्यकारी निर्देशक सिर्जना राणा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न योजनासहित लागिपरिरहेकी छिन् ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्ययाउने उद्देश्यसहित नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेपछि त्यसलाई निजीक्षेत्रले सबैभन्दा बढी साथ दिनुपर्ने राणा बताउँछिन् । त्यसका लागि योजनासहित अघि बढ्नुपर्नेमा उनको जोड छ । नेपालमा पर्यटन, कला, संस्कृति आदिको सम्भावना प्रशस्त छ । तिनको उचित प्रचारप्रसार मात्र आवश्यक रहेको उनको भनाइ छ ।


होमस्टे, होटल तथा रिसोर्ट निर्माणको सम्भावना पनि प्रचुर छ । ‘धेरै केही गर्नुपर्दैन, खरले छाएका ससाना घर बनाएरै पनि पर्यटक आकर्षित गर्न सकिन्छ,’ उनले भनिन् । नेपाल आउने पर्यटकले आलिसान महल नखोज्ने र सामान्य मौलिक नेपाली घरमै उनीहरु बढी खुसी हुने उनको अनुभव छ । ‘तर त्यसका लागि सफा भने हुनुपर्छ,’ उनले भनिन्, ‘यसो भयो भने पर्यटक बढ्छन् ।’
अन्नपूर्णले पोखरामा फिस्टेल र चितवनमा जगतपुर लज सञ्चालन गरिरहेको छ । नेपाल आउने पर्यटक काठमाडौं, पोखरा र चितवन बढी घुम्ने भएकाले होटलमा पनि ट्र्याङ्गल सोच आएको उनी बताउँछिन् । पोखरा र चितवनमा होटल सञ्चालन गरेर मात्र राणाको मन मानेको छैन, उनले लुम्बिनीमा पनि अन्नपूर्णको चेन होटल सञ्चालन गर्ने भनेर अध्ययनसमेत थालेकी छन् ।


विश्वका ५० भन्दा बढी मुलुक भ्रमण गरिसकेकी राणाले प्रत्येक भ्रमणमा नेपाललाई चिनाउने प्रयास गरिरहेकी हुन्छिन् । ‘बिदा मनाउन, सेमिनार अथवा बिजनेस मिटिङमा जाँदा नै किन नहोस्, नेपालको पर्यटन र संस्कृतिबारे बोल्न छुटाउँदिनन् । त्यसैले उनलाई लाग्छ— आखिर मैले पनि नेपालको पर्यटन दूतको काम गरिरहेकी छु ।

होटल एसोसिएसन अफ नेपाल (हान)मा प्रथम उपाध्यक्षसमेत रहेकी राणा नेपाली खानाको परिकारलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्याउन पनि सक्दो प्रयासमा जुटेकी छन् ।