धौलागिरी समाजले अधिवेशन गर्दै

समाजको बैठकले धौलागिरी बुद्धिजीवी समिति काठमाडौंको अध्यक्षमा केदार गौतम , सचिवमा दिपेन्द्र पौडेललाई चयन गरेको छ । त्यसैगरी धौलागिरी शिक्षा तथा स्वास्थ समिति अध्यक्षमा आरबि अधिकारी , मुक्तिनाथ सेवा समिति अध्यक्षमा बद्रीनाथ गौतम , धौलागिरी नारी समूह समितिको अध्यक्षमा सरस्वती कुमारी शर्मा सापकोटा , सचिब सुनिता काफ्लेलाई चयन गरेको छ । बैठकले केन्द्रीय प्रचार प्रसार समिति संयोजक पदमा नागरिक दैनिकमा कार्यरत पत्रकार दिलीप पौडेललाई नियुक्त गरेको छ । आर्थिक संयोजकमा कोषध्यक्ष एकनारायण उपाध्यय आचार्यलाई चयन गरेको हो।

काठमाडौ—धौलागिरी समाज नेपाल, काठमाडौंले अधिवेशन गर्ने भएको छ । शुक्रबार बसेको समाजको बैठकले आगामि भदौ ९ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनका लागि विभिन्न समिति, उपसमिति समेत चयन गरिएको छ ।
धौलागिरी अञ्चलका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङबाट काठमाडौं आई बसोबास गरी विभिन्न पेसा, व्यवसायमा आबद्धहरुले धौलागिरीको विकासमा सघाउने उद्देस्यले धौलागिरी समाज गठन गरेर विभिन्न क्रियाकलाप गर्दै आएका छन् ।

अधिवेशन गर्नको लागि भदौ ५ गतेसम्म नयाँ सदस्यता र पूरानो सदस्यताको नवीकरण गरिसक्नुपर्ने समाजका महासचिव गोविन्द पौडेलले बताउनु भयो । धौलागिरीबाट काठमाडौं आइ बसोबास गर्ने जोकोही पनि समाजको सदस्य बन्न सक्ने पौडेलले बताउनु भयो । नेपाल सरकारका पूर्व मुख्य सचिव मुकुन्द शर्मा पौडेलको अध्यक्षतामा गठित समितिले विगतदेखि विभिन्न काम गर्दै आएको छ ।

माउन्ट धौलागिरी सहकारीको कम्प्लेक्समा सम्पन्न वैठकले अधिवेशनको तयारी गर्न समाज केन्द्रीय समिति , सल्लाहकार समिति, चारै जिल्ला समितिलाई परिचलान गर्ने निर्णय गरेको छ । समाजको बैठकले धौलागिरी बुद्धिजीवी समिति काठमाडौंको अध्यक्षमा केदार गौतम , सचिवमा दिपेन्द्र पौडेललाई चयन गरेको छ । त्यसैगरी धौलागिरी शिक्षा तथा स्वास्थ समिति अध्यक्षमा आरबि अधिकारी , मुक्तिनाथ सेवा समिति अध्यक्षमा बद्रीनाथ गौतम , धौलागिरी नारी समूह समितिको अध्यक्षमा सरस्वती कुमारी शर्मा सापकोटा , सचिब सुनिता काफ्लेलाई चयन गरेको छ । बैठकले केन्द्रीय प्रचार प्रसार समिति संयोजक पदमा नागरिक दैनिकमा कार्यरत पत्रकार दिलीप पौडेललाई नियुक्त गरेको छ । आर्थिक संयोजकमा कोषध्यक्ष एकनारायण उपाध्यय आचार्यलाई चयन गरेको हो।

बैठकमा धौलागिरी अक्षय कोष वृद्धिका लागि संस्थापक ट्रस्टी बन्नेलाई २५ हजार कोष संस्थापक सदस्य बन्न १० हजार,. आजिवन सदस्यको लागि २५ सय. साधारण सदस्यको लािग ५ सय रुपैयाँ शुल्क तोकेको छ ।