शनिबार काठमाडौंमा सम्पन्न २४औं साधारणसभा एवं महाधिवेशनबाट १३औं कार्यसमितिको अध्यक्षमा हेमन्त चौरसिया निर्विरोध निर्वाचित भएका हुन् । यसअघि उनि प्रथम उपाध्यक्ष थिए ।
कम्प्युटर एसोसिएसन महासङ्घ (क्यान महासङ्घ)को अध्यक्षमा हेमन्त चौरसिया निर्विरोध निर्वाचित भएका छन् । क्यानको शनिबार काठमाडौंमा सम्पन्न २४औं साधारणसभा एवं महाधिवेशनबाट १३औं कार्यसमितिको अध्यक्षमा चौरासिया निर्विरोध निर्वाचित भएका हुन् । यसअघि उनि प्रथम उपाध्यक्ष थिए ।
यसैगरी क्यानको उपाध्यक्षमा संस्थागततर्फबाट विश्वराम बलामी, संस्थागत (महिला)बाट सुनैना पाण्डे घिमिरे, व्यक्तिगततर्फबाट रोमकान्त पाण्डे र जिल्लाअन्तर्गत नवराज कुँवर निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी महासचिवमा रञ्जित पोदार निर्विरोध निर्वाचित भएका छन् । महासङ्घको नयाँ कार्यसमितिको पदाधिकारीअन्तर्गत सचिवमा जगनबहादुर गुरुङ, डा. पवनकुमार शर्मा र नारायणबहादुर थापा निर्वाचित भएका हुन् ।
क्यानको कोषाध्यक्षमा खुशल रेग्मी र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल निर्विरोध निर्वाचित भएका छन् ।