निकुञ्जमा बाघको सङ्ख्या बढ्यो

पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पु¥याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटे बाघका लागि उपयुक्त बासस्थान, आहारा, सिमसार तथा घाँसेमैदानको संरक्षण तथा विस्तारका साथै चोरी–निकासी नियन्त्रणतर्फ निकुञ्ज प्रशासनले कडाइ गरेपछि बाघको सङ्ख्या दोब्बरले वृद्धि भएको अनुमान गरिएको हो...

पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पु¥याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटे बाघका लागि उपयुक्त बासस्थान, आहारा, सिमसार तथा घाँसेमैदानको संरक्षण तथा विस्तारका साथै चोरी–निकासी नियन्त्रणतर्फ निकुञ्ज प्रशासनले कडाइ गरेपछि बाघको सङ्ख्या दोब्बरले वृद्धि भएको अनुमान गरिएको हो ।

सन् २०१३ मा गरिएको सर्वेक्षणअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा सात वटा पाटेबाघ रहेको थियो । तर सन् २०१७÷१८ मा गरिएको राष्ट्रिय सर्वेक्षणको नतिजा आउन बाँकी रहे पनि पाटे बाघको सङ्ख्या दोब्बरले वृद्धि हुने अनुमान रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए ।

बारा, पर्सा र मकवानपुर गरी तीन जिल्लालाई समेटेर पर्सा वन्यजन्तुबाट पर्सा राष्ट्रिय निकुञ्जमा गतवर्ष परिणत भएपछि यसको क्षेत्र विस्तार भएर ६२७ वर्ग किलोमिटरमा फैलिएको छ । बाघबाहेक हात्ती, चितवा तथा भालु जस्ता हिंस्रक जनावरसमेत रहेकाले निकुञ्ज घुम्न आउने पर्यटकलाई सुरक्षित घुमाउन हात्ती अथवा सफारी गाडी प्रयोग गर्ने गरिन्छ । बाहिरबाट आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखेर बाहिरबाट आउने कुनै पनि सवारी साधनलाई निकुञ्जभित्र प्रवेश गर्न रोक लगाइएको छ ।

संसारकै लोपोन्मुख प्रजातिका रुपमा रहेको पाटे बाघ लोप हुन थालेपछि निकुञ्ज प्रशासनले यसको सङ्ख्या वृद्धि गर्न प्रभावकारी कार्यक्रम अघि सारेका छन् ।

प्रत्येक वर्ष निकुञ्जको भाठा क्षेत्रमा लाग्ने धार्मिक मेलाको कारण बाघको बासस्थान प्रभावित भई प्रदूषण बढ्नाले सो मेला अन्यत्र सार्न निकुञ्ज प्रशासनमाथि चुनौती थपिँदै गएको छ ।
सन् २०१३ को तथ्याङ्कलाई हेर्दा नेपालमा रहेका आरक्ष तथा निकुञ्जमा हाल १९८ वटा वयस्क बाघहरु रहेका छन् । रासस