बोर्डद्वारा १ अर्ब ५६ करोड आर्थिक सहायता प्रदान

समिति बैठकमा सांसद सरिता गिरीले श्रम स्वीकृति लिएका बाहेक अन्य देशमा नेपाली चेलीहरुलाई भारतबाट विदेश पठाएर अलपत्र पारेको भन्दै त्यसप्रति मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । उनले भारतसँगका खुला नाकाहरुमा कडाइ गर्ने विषयमा गृह मन्त्रालयसँग छलफल गर्न आवश्यक रहेको बताइन् 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले हालसम्म डेढ अर्ब रुपैयाँ सहयोग गरेको छ । रोजगारीका लागि विदेश गएका कामदारको बिरामी हँुदा, उनीहरुको मृत्यु भए र काम गर्दा अङ्गभङ्ग भएकाहरुलाई हालसम्म १ अर्ब ५६ करोड ७७ लाख ९४ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको हो ।

बिहीबार वाणिज्य र श्रम तथा उपभोक्ता संसदीय समितिको बैठकमा प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीमा मृत्यु भएका ६ हजार ७ सय ९०, बिरामी तथा अङ्गभङ्ग भएका १ हजार २ सय २, उद्धार गरिएको १ सय ५, शव झिकाएको २ सय ६, शव ढुवानी १ हजार ३ र ५९ जनालाई स्वास्थ्योपचार सहायता प्रदान गरिएको सांसदहरुलाई जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०६७/६८ देखि २०७४/७५ सम्ममा सबैभन्दा बढी मलेसियामा २ हजार १ सय ५२ जना नेपाली कामदारहरुको मृत्यु भएको छ । यस्तै साउदी अरेबमा १ हजार ६ सय ३७, कतारमा १ हजार १ सय ९९, यूएईमा ४ सय ८५, कुवेतमा १ सय ८६, बहराइनमा ७७, दक्षिण कोरियामा ७४, लेबनानमा २० र श्रीलङ्कामा २ जना गरी ५ हजार ८ सय ३२ जनाको मृत्यु भएको छ ।
यसैगरी अङ्गभङ्ग÷अशक्त बिरामी हुनेमा पनि मलेसिया सबैभन्दा बढी रहेको छ । हालसम्म मलेसियामा ३ सय ७३, साउदी अरबमा १ सय ७३, कतारमा १ सय ३२, यूएई ७८ र बहराइनमा ३१ जना गरी ७ सय ८७ जना छन् ।

समिति बैठकमा सांसद सरिता गिरीले श्रम स्वीकृति लिएका बाहेक अन्य देशमा नेपाली चेलीहरुलाई भारतबाट विदेश पठाएर अलपत्र पारेको भन्दै त्यसप्रति मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । उनले भारतसँगका खुला नाकाहरुमा कडाइ गर्ने विषयमा गृह मन्त्रालयसँग छलफल गर्न आवश्यक रहेको बताइन्

यसैबीच श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नाम परिमार्जन गरी वैदेशिक रोजगार व्यवस्थापन बोर्ड राख्न लागिएको बताए । विशेष कारणबाहेक नेपालीहरु विदेशमा काम गर्न जान नपरोस् भन्ने उद्देश्यका साथ श्रमको सम्मान, देशको अभियान भन्ने नाराका साथ देशव्यापी अभियान सुरु गर्न लागिएको मन्त्री विष्टको भनाइ छ ।