नेपाल आउने ३० हजार टन मल भारतबाट हिड्यो

२ हजार ५ सय मल शनिवार नै भैरहवा र नेपालगन्ज नाकासम्म आइसक्ने र अबको हप्ता दश दिनभित्र ३० हजार टन मल स्वदेश आइपुग्ने प्रवक्ता सुवेदीले बताए ।

मुलुकका विभिन्न क्षेत्रमा रोपाइ सकिएपनि मलको अभाव देखिएपछि सरकारले थप ३० हजार टन रासायनिक मल ल्याउने कार्य तीव्र पारेको छ । लामो समयदेखि भारतको बिसाका पट्नामा र्याक नपाएपछि ढुवानीको समस्याले रोकिएको मल शनिबारदेखि ल्याउने प्रक्रिया सुरु भएको हो ।

पहिलो चरणमा २ हजार ५ सय टन मल शनिवार नै नाकामा आइपुग्ने कृषि तथा पशुुपक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए । २ हजार ५ सय मल शनिवार नै भैरहवा र नेपालगन्ज नाकासम्म आइसक्ने र अबको हप्ता दश दिनभित्र ३० हजार टन मल स्वदेश आइपुग्ने प्रवक्ता सुवेदीले बताए ।

कृषि सामग्री संस्थानले सम्झौता गरी ल्याउने उक्त मल समानुपतिक रुपमा बढि अभाव भएका तराइ र पहाडी क्षेत्रमा वितरण हुने भएको छ । उक्त मलले सवै क्षेत्रमा आपूर्ति हुन नसक्ने भएको खण्डमा बाँकी मल साल्ट ट्रेडिङमार्फत २् ४ महिना पछि आइपुग्ने सुवेदीको तर्क छ । २० हजार टन मलको सम्झौता साल्ट ट्रेडिङले गरिसकेको छ ।

मुलुकमा हरेक बर्ष मलको अभाव हुने गर्छ । समयमै किसानले मल नपाउँदा कृषि उत्पादन र उत्पादकत्व घट्दै गइरहेको देखिन्छ । हरेक बर्ष ७ लाख टन मलको माग छ । तर, माग बमोजिम सरकारले मल आपूर्ति गर्न सकेको छैन् । गत बर्ष भारतबाट ४ अर्ब रुपैयाँको मल आयात भएको थियो ।