परराष्ट्रमन्त्री ज्ञवालीले दुई दिने शिखर सम्मेलनका क्रममा ३१ अगस्तमा दुवै देशका प्रधानमन्त्रीको द्विपक्षीय बैठक बस्ने निधो भएको बताएका छन् । ‘बैठकमा भारतीय तथा हाम्रा प्रधानमन्त्रीबीच रेलमार्ग सहयोग तथा बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न तयार छन्,’ ज्ञवालीले भने ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मल्टी–सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिम्सटेक)का लागि बे अफ बङ्गालको क्षेत्रीय शिखर सम्मेलनभन्दा पहिला नेपालले भारतसँग रेलमार्ग निर्माण तथा बल्क कार्गोसम्बन्धी सम्झौता पत्र (एमओयू) तयार पारेको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले दुई दिने शिखर सम्मेलनका क्रममा ३१ अगस्तमा दुवै देशका प्रधानमन्त्रीको द्विपक्षीय बैठक बस्ने निधो भएको बताएका छन् । ‘बैठकमा भारतीय तथा हाम्रा प्रधानमन्त्रीबीच रेलमार्ग सहयोग तथा बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न तयार छन्,’ परराष्ट्रमन्त्रीले भने ।
३१ अगस्तमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच एउटा बैठक बस्ने योजना बनाइएको छ । सोही दिन भारत सरकारको सहयोगमा पशुपतिनाथ मन्दिर क्षेत्रमा निर्मित धर्मशाला उद्घाटन गरी नेपाललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान अध्यक्ष तथा चौथो शिखर सम्मेलनको आयोजकराष्ट्र नेपालले ऊर्जा, व्यापार, बौद्ध सर्किट, पर्यटन स्तरोन्नति तथा जलवायु परिवर्तनको प्रभावमा कमी ल्याउने मुद्दामा ध्यान केन्द्रित गर्ने बताए ।
बङ्गालको खाडी नजिक स्थित सात राष्ट्रहरुको क्षेत्रीय समूह बिम्सटेकमा बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल, श्रीलङ्का तथा थाईल्यान्ड छन् ।