शक्ति, सत्ता र सम्पत्तिको पछि लागेका राजनीतिज्ञले व्यङ्ग्य पचाउन सकेनन्

‘गाईजात्रा व्यङग्यको पर्व हो, तर बलात्कार जस्तो दुःखद र अत्यचारको विषयलाई पनि कलाकारहरुले प्रहशन गर्नुपर्ने स्थिति छ, अर्कोतर्फ पाँचवर्षको लागि बनेको सकारका प्रधानमन्त्री केपीशर्मा ओलीले जनतालाई खुब हसाई राख्नुभएको छ, केही समयका लागि हामी मौन बस्नुपर्ने अवस्था छ, उहाँले जनताको काम गर्ने भन्दापनि हसाँउने काम गरिरहनु भएको छ ।’

हास्यव्यँग्य कलाकार मनोज गजुरेलले सरकारका मन्त्री सत्ता, शक्ति र सम्पत्तिको लागि मरिमेट्ने गरेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा ‘गाईजात्रा २०७५’ को अवसरमा कलाकार गजुरेलले मन्त्री र नेताले शक्ति, सत्ता र सम्पत्तिको पछि लागेको आरोप लगाउदै जनताले दुःख पाएको बताएका हुन् ।

उनले भने,‘नयाँ नियम र आचार संहिताले के कति बाँध्छ, त्यो फरक कुरा हो, मैले भनेको कुरा व्यङ्ग्य पनि हो, सत्य पनि हो ।’ सरकारले लगाएको करको प्रसङ्ग जाेड्दै भने, हाम्रा मन्त्रीलाई पाँच पाँच जोड्दा कति हुन्छ ? भनेर सोध्ने हो भने ११ हुन्छ भन्नुहुन्छ, ११ कसरी भयो भनेर सोध्ने हो भने करको लागि छुट्याएको भन्नुहुन्छ ।’

उनले कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत राजधानीको जामका विषयमा व्यङ्ग्य प्रस्तुत गरेका थिए । दीपकराज गिरीले पाँच वर्षको लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हाँस्यव्यङ्ग्य कलाकारको जागिर खोसिदिएको आरोप लगाए । उनले भने, ‘गाईजात्रा व्यङग्यको पर्व हो, तर बलात्कार जस्तो दुःखद र अत्यचारको विषयलाई पनि कलाकारहरुले प्रहशन गर्नुपर्ने स्थिति छ, अर्कोतर्फ पाँचवर्षको लागि बनेको सकारका प्रधानमन्त्री केपीशर्मा ओलीले जनतालाई खुब हसाई राख्नुभएको छ, केही समयका लागि हामी मौन बस्नुपर्ने अवस्था छ, उहाँले जनताको काम गर्ने भन्दापनि हसाँउने काम गरिरहनु भएको छ ।’

कार्यक्रममा अर्का कलाकार जितु नेपाल (मुन्द्रे) ले वर्तमान सरकारले व्यङ्ग्य पचाउन नसक्ने बताएका छन् । उनले भने,‘वर्तमान सरकार कलाकारको कुरा सुन्न र व्यङ्ग्यलाई बुझ्न सक्ने स्थितिमा छैनन्, अहिले त कसैले सरकारको गल्तिका बारेमा व्यङ्ग्य गरे भने उल्टै जेल पठाउने कानून बनाउदैछन्, बोल्न पनि डरमर्दोछ, कुनै मन्त्रीको व्यङ्ग्य गर्ने हो भने जेल हालिदिने खतरा छ । कुनैबेला मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको व्यङ्ग्य गर्दा हरिवंशले लुगाफेर्दै गरेको ठाउमा पुगेर तिमीलाई त व्यङ्ग्य गर्न आउँदैन रहेछ भन्नु भएछ ।’

उनले अघि थपे,‘तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले कलाकारहरुले प्रस्तुत गरेको हाँस्य व्यङ्ग्य हेरेर सरकारलाई सच्चिने मौका मिलेको भन्दै धन्यवाद दिनुहुन्थ्यो रे, अचेल त त्यो अवस्था छैन्, मेरै जिल्ला सिन्धुपाल्चोकका मन्त्रीले बोल्नुपूर्व ध्यान नदिँदा पद समेत गुमाउनु पर्यो म पनि त्यहि जिल्लाको परें, अचेल बोल्दा ध्यान दिने भएको छु।’ कलाकार नेपालले स्थिर सरकारलाई थाईराइड नहोस् भन्दै प्रधानमन्त्री, मन्त्री र नेताहरुले समेत टिकट काटेर हाँस्य व्यङ्ग्य हेर्न आउनु पर्ने भन्दै कलाकारहरुले नेताहरुको पछि नलाग्न सुझाव दिएका छन् ।

त्यस्तै कार्यक्रममा कलाकार दमन रुपाखेतीले वर्तमान सरकार मुलुकको अवस्था प्रति संवेदनशिल नभएको आरोप लगाएका छन् । उनले भने,‘वर्तमान सरकार जनताका जन जिविका प्रति संवेदनशील छैन्, हत्याहिँसा बलात्कारका घटना प्रति संवेदनहिन भएर पानी जहाज र रेलको सपना देखाएर जनताको समस्यामाथि व्यङ्ग्य गरिहरको छ, गणतन्त्रमा जनता करको मारमा छन्, करले जनतालाई थिचिरहेको छ ।’

उनले अघि थपे,‘बलात्कारका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन्, सरकारले उच्च चाँसो दिएर दोषीलाई मृत्युदण्ड दिने कानून बनाउनु पर्छ, जघन्य अपराध गर्नेलाई मृत्युदण्डको भागिदार बनाउनु पर्छ ।’ कार्यक्रममा हाँस्य कलाकार श्री कृष्ण सिमखडाले करको दर बढेको विषयलाई व्यङ्ग्य गर्दै सरकारले जनतालाई राहतको रुपमा कर लादेको बताए ।

उनले भने,‘सरकारले करको दर बढाएको छ, जनताको घर ठूलै बन्ने भए ! सरकारी राहत पाएपछि घरको चुल्होमा भात पाक्ने नै भयो, कर तिरेपछि भातपाक्नेमा डर छैन ।’ कार्यक्रममा शिव शंकर रिजालले सम्पन्न विश्वलाई स्मरण गर्दै पत्रकार ऋषि धमला सबैभन्दा धेरै खट्ने पत्रकार भएको दाबी गरे । कलाकार तथा गायिका भूमिका शाहले पछिल्लो समय नेपालमा वर्षैभरी गाइजात्रा भइरहेको भन्दै देशमा हुने गरेको बेथितीप्रति असन्तुष्टि व्यक्त गरिन् ।

उनले बलात्कारका घटना बढिरहेको भन्दै यसलाई रोक्नका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताईन् । बलात्कारीलाई फाँसीको सजायँ हुनुपर्ने मागसमेत गरेकी छिन् । उनले आफ्नो टेलिभिजन कार्यक्रम लौकी बज्यैको सानो अंश प्रस्तुत गरेकी थिइन् । राजाराम पौडेलले धमलाको लामो नाकप्रति व्यङ्ग्य गरे । उनले धमला आफ्नो बच्चादेखिको साथी भएको उल्लेख गर्दै सानो छँदा आफ्नो गालामा किस खाँदा नाकले घोचेको स्मरण गरे ।