आईएमईका प्रिभिलेज कार्डवाहक ग्राहकलाई सुमेरु अस्पतालमा १० प्रतिशत छुट

सम्झौतापछि आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले सुमेरु अस्पतालको सेवामा १० प्रतिशत विशेष छुट पाउने छन् ।

आईएमई लिमिटेड र सुमेरु अस्पतालबीच आईएमईका प्रिभिलेज कार्डवाहक ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सम्झौतापछि आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले सुमेरु अस्पतालको सेवामा १० प्रतिशत विशेष छुट पाउने छन् ।

त्यस्तै आईएमईमा कार्यरत कर्मचारी र आइएमईका निजी व्यावसायिक साझेदारहरूले १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । यो सुविधा अस्पतालभित्रको सेवामा मात्र लागू हुनेछ ।

सुविधा लिनका लागि आईएमईले प्रदान गरेको आईएमई प्रिभिलेज कार्ड, कर्मचारी परिचयपत्र वा आईएमईमा आबद्ध भएको प्रमाण पत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ ।

सम्झौतापत्रमा आईएमईका क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र सुमेरुका निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरे । सम्झौता ५ वर्षसम्मका लागि लागू हुनेछ।