खानेपानी मन्त्री मगर भन्छिन्— नेपालको पानी विदेशमा बेच्छौं

बैठकमा मन्त्रीहरुले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनामा देखिएको ढिलाइबारे जिज्ञासा राखेका थिए । सांसदको जिज्ञासामा मन्त्री मगरले तोकिएको मितिमै ल्याउने गरी तीव्र रुपमा काम भइरहेको बताइन् ।

खानेपानीमन्त्री बिना मगरले नेपालको पानी विदेशमा बेच्ने गरी योजना बनाएको बताएकी छन् । सङ्घीय संसद् प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले मङ्गलबार सिंहदरबारमा गरेको छलफलमा उनले यहाँको नदीनालाबाट बग्ने पानी विदेश निर्यात गर्न सकिने बताएकी हुन् ।

जलस्रोतमा धनी देश भएकाले पनि यहाँका नदीनालाको संरक्षण गर्दैै आधुनिक प्रविधिमार्फत खानेपानी आयोजनाको विकास गरी विदेश निर्यात गर्न सम्भव रहेको उनको भनाइ छ । आगामी ३ वर्षभित्र आधारभूत खानेपानीको पहुँचमा पुर्याउन २२ जिल्लामा ६ सय २१ ओटा खानेपानी आयोजनाले काम गरिरहेको उनले बताइन् । अब आउने खानेपानी ऐनले विगतमा अरु मन्त्रालयले गर्दै आएको खानेपानीको नियन्त्रण, अनुगमन र दर्तासम्बन्धी अधिकार खानेपानी मन्त्रालयले आफैंले गर्ने मन्त्री मगरको भनाइ छ ।

खानेपानीको मुहान संरक्षण, स्रोतको खोजी, ढल निकास, चुरे क्षेत्रको संरक्षणमा देखिएका चुनौती र समस्याका विषयमा सांसदहरुले राखेको जिज्ञासमा मन्त्री मगरले त्यसका लागि अबको नयाँ ऐनमा उल्लेख हुने र आम जनतालाई खानेपानीको पहुँच सुनिश्चितता गर्न लागिपरेको बताइन् ।

पिउने पानीमा देखिएको गुणस्तर, मुहान संरक्षण र व्यवस्थापन हुन नसकेकाले सांसद गणेशकुमार पहाडीको तर्क छ । सो अवसरमा स्वच्छ खानेपानीको अधिकारबाट आम जनता वञ्चित हुन नदिन मन्त्रालयले पहल गर्नुपर्ने अर्का सांसद टेकबहादुर बस्नेतको भनाइ छ । खानेपानीमा अन्तरमन्त्रालय समन्वयन, ढल निकास, सेती नदीको मुहान संरक्षण हुनुपर्र्ने बस्नेतको माग छ । बैठकमा बोल्ने अधिकांश सांसदहरुले खानेपानी प्रदूषण, गुणस्तर, उचित ढल निकास, चुरे संरक्षण, तराईमा हाते कलबाट पानी तानेर पिउनुपर्ने समस्या समाधान गर्न माग गरेका छन् ।

बैठकमा मन्त्रीहरुले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनामा देखिएको ढिलाइबारे जिज्ञासा राखेका थिए । सांसदको जिज्ञासामा मन्त्री मगरले तोकिएको मितिमै ल्याउने गरी तीव्र रुपमा काम भइरहेको बताइन् ।