बिहीबार र शुक्रबार शैक्षिक संस्था बन्द

काठमाडौंमा हुने चौथो बिम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई बिदा दिने निर्णय गरेको हो । सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो।

सरकारले बिहीवार र शुक्रबार उपत्यकाका शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ । काठमाडौंमा हुने चौथो बिम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई बिदा दिने निर्णय गरेको हो । सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो।

गृह मन्त्रायलमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो। त्यस्तै बुधवारदेखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारी जोर विजोर नम्बरअनुसार सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ। राति १० बजेदेखि बिहान ६ बजेसम्म भने यातायातलाई कुनै मापदण्ड तोकिएको छैन।

अत्यावश्यक सेवा र प्रेसका लागि भने जोरबिजोर नियम लागू हुनेछैन। जोर नम्बरका सवारी साधन जोर गते र विजोर नम्बरका लागि विजोर गते सञ्चालन हुन पाउनेछन्। १३ र १५ गते विजोर गाडी मात्र चल्न पाउनेछन् भने १४ गते जोर नम्बर मात्र । यसैबीच बिम्स्टेक सम्मेलनका लागि मङ्गलबार म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुगेका छन् ।