पश्चिम सेती बनाउन चिनियाँ कम्पनी थ्री गर्जेजको आनाकानी

लगानी बोर्ड र थ्री गर्जेजका प्रतिनिधी सँग भएको वार्तामा पश्चिम सेती बनाउन गर्जेजले नमानेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । लगानी बोर्डले पश्चिम सेती थ्री गर्जेजलाइ नै दिने विषय गम्भीर रुपमा प्रस्ताव पेश गरेको बताएको छ । तर, थ्री गर्जेजका प्रतिनिधीले भने उक्त प्रस्तावका लागि विभिन्न सर्त पुरा नगरेसम्म बनाउन नसकिने बुझिएको छ ।

७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना बनाउने निर्णयमा चिनियाँ कम्पनी थ्री गर्जेजले आनाकानी गरेको छ । आयोजनाको क्षमता घटाएर ५ सय मेगावाटमा बनाउन सकिने बताएको उक्त कम्पनीको निर्णयमा भएको वार्तामा नेपालले अस्वीकार गरेको थियो ।