उनले सुपरजोनमा सम्बन्धित विषय विज्ञलार्इ प्राथमिकता दिर्इ पदस्थापना गर्ने र वर्षभरी नियमित अनुगमन गर्न सूचकसहितको अनुगमन गर्नुपर्ने बताए । मन्त्रालयबाट हुने हरेक कार्यहरुको परिणामसहितको प्रतिवेदन नियमित रुपमा प्रत्येक १५-१५ दिनमा पेश गरी प्रगति विवरण सार्वजनिक गर्नुपर्ने मन्त्रीको निर्देशन छ । सचिवहरुसहितको छलफलमा विभिन्न १२ बुँदामा निर्णय भएकाे छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयनलाई पूर्ण रुपले चुस्त दुरुस्त राख्न निर्देशन दिएका छन् । उनले सुपरजोनमा सम्वन्धित विषय विज्ञलार्इ प्राथमिकता दिर्इ पदस्थापना गर्ने र वर्षभरी नियमित अनुगमन गर्न सूचकसहितको अनुगमन गर्नुपर्ने बताए । मन्त्रालयबाट हुने हरेक कार्यहरुको परिणाम सहितको प्रतिवेदन नियमित रुपमा प्रत्येक १५–१५ दिनमा पेश गरी प्रगति विवरण सार्वजनिक गर्नुपर्ने मन्त्रीको निर्देशन छ । सचिवहरुसहितको छलफलमा विभिन्न १२ बुँदामा निर्णय भएका छ ।
५८ बुँदे मार्गचित्रको कार्यान्वयन गर्ने र मन्त्रालयअन्तर्गतका विभागका महानिर्देशक, केन्द्रिय निकायका प्रमुखहरु, आयोजना प्रमुखहरु र जोन, सुपरजोनका प्रमुखहरुलार्इ कार्यसम्पादन सूचक निर्माण गरी कार्यसम्पादन गरी १–१ महिनामा मूल्याङ्कन गरी नियमित प्रतिवेदन गर्ने निर्णय भएको छ ।
कालिमाटी तरकारी तथा फलफूल बजारको विषयलार्इ एक हप्ताभित्र टुग्यार्इ पुनः निरन्तर अनुगमनमा जाने संयन्त्र बनाइने छ । काठमाडौं उपत्यकाका कम्तीमा ३ स्थानहरुमा तत्काल एकीकृत कृषि बजार स्थापना गरिने निर्णय अघि सारिएको छ । रासायनिक मलको अभाव हुन नदिन प्रभावकारी ढुवानी र वितरण प्रणाली बनाइने भएको हो ।
कृषि सम्बन्धि कृषकका गुनासा सुन्न टोलफ्री नम्बर राखिने भएको छ । एक हप्ताभित्र कृषि मन्त्रीसँग आम किसान र जनताका गुनासाहरु नियमित रुपमा टेलिफोन, फेसबुक, ट्वीटर, भाइबर मार्फत सुन्ने प्रणालीको विकास गरिने भएको हो । व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट निर्माणाधीन झापा, विराटनगर, जनकपुर र बुटवलस्थित एकीकृत कृषि बजारस्थल निर्माण गरी सञ्चालन ल्याउने सहमति भएको हो ।