राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भारतको रेल पहिला आउँछ कि चीनको भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे । उनी विगतमा तत्कालीन नेकपा एमालेका नेतासमेत हुन् ।
मुलुकमा रेलको चर्चा दिनानुदिन चुलिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रेलकै सपना देखाएर निर्वाचन पनि जिते । त्यसपछि उनले आफ्ना कुनै पनि सम्बोधनमा रेलका कुरा छोड्दैनन् । हो त्यही रेल सपनाले गर्दा आज सांसदहरुले प्रधानमन्त्रीलाई छोडेनन् ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भारतको रेल पहिला आउँछ कि चीनको भनेर प्रधानमन्त्रीलाई प्रश्न गरे । उनी विगतमा तत्कालीन नेकपा एमालेका नेतासमेत हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएपछि सुरु भएको प्रश्नोत्तर कार्यक्रममा राजपाका सांसद यादवले भारत र चीन दुवैसँग सम्झौता भएको भन्दै पहिला कसको रेल काठमाडौं आइपुग्छ भनेर प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलन सफल भएको बताइरहेका बेला विपक्षी सांसदहरुले भने बिम्स्टेक सम्मेलनमा विवादित सैन्य अभ्यासबारे सहमति गरिएको र रिट्रिट पनि तोकिएको ठाउँमा गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।
काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले बिम्स्टेकको कुनै एजेन्डामा नै नभएको संयुक्त सैन्य अभ्यासको निर्णयले नेपालीहरु सशङ्कित भएको बताए । त्यसैगरी काँग्रेस सांसद मिनेन्द्र रिजालले सम्मेलन प्राविधिक र आर्थिक विषयको भए पनि सैन्य अभ्यासको निर्णय कसरी आयो भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।
सांसद भरतकुमार शाहले गोकर्णमा रिट्रिट गर्ने भनेको बाटो बनाउन नसकेर रद्द गरिएबाट नै सरकारको सामथ्र्य देखिएको बताए । उनले ‘राष्ट्रिय सभागृहमा गर्ने कार्यक्रम सोल्टीमा गरिएकोमा आलोचना गरे ।
उता नेकपाकै नेता भीम रावलले रिपाेटर्स क्लबमा अायाेजित कार्यक्रममा बहुराष्ट्रिय सैनिक अभ्यासबारे सरकारलाई जवाफ दिनुपर्ने बताएका थिए ।