मलेसियामा नेपाली कामदारको तलब बढ्यो

त्यहाँको सरकारले न्यूनतम पारिश्रमिक १५०० पुर्याउने अपेक्षा कामदारहरुले लिएका थिए । तर, पारिश्रमिक बढाउँदा महँगी बढ्ने भन्दै तत्कालका लागि ५० रिङगिट मात्र बढाइएको जनाएको छ ।

मलेसिया सरकारले आगामी जनवरीबाट लागू हुने गरी न्यूनतम पारिश्रमिक बढाएको छ । नयाँ सरकार गठन भएपछि पहिलो पटक त्यहाँको सरकारले तलब बढाएको हो ।

मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले ट्वीट गर्दै न्यूनतम पारिश्रमिक हजारबाट १०५० रिङगिट पुर्याएको बताएका छन् । त्यहाँको सरकारले न्यूनतम पारिश्रमिक १५०० पुर्याउने अपेक्षा कामदारहरुले लिएका थिए । तर, पारिश्रमिक बढाउँदा महँगी बढ्ने भन्दै तत्कालका लागि ५० रिङगिट मात्र बढाइएको जनाएको छ ।

मलेसियन सरकारले तलब बढाएपछि त्यसको प्रभाव नेपाली कामदारहरुमा पनि पर्ने भएको छ । बुधवारको सटही दरअनुसार नेपाली रुपैयाँ १३५० बढ्ने छ । अब त्यहाँ कार्यरत नेपालीहरुले न्यूनतम पारिश्रमिक २८ हजार ३५० रुपैयाँ पाउने छन् । मलेसियामा ८ लाखभन्दा बढी नेपाली काम गरिरहेका छन् ।