तीनदिने बङगलादेशको भ्रमण सकेर उर्जामन्त्री पुन स्वदेश फिर्ता

बङगलादेशका मन्त्री नसरुल हमिदले सुनकोशी–२ र सुनकोशी –३ जलविद्युत आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव राखेका छन ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन बङगलादेशको तीन दिने भ्रमण सकेर शनिवार स्वेदश फर्केका छन्। बङगलादेशको राजधानी ढाकामा सम्पन्न भएको ‘पावर एण्ड इनर्जी सप्ताह’ मा विशेष अतिथीका रुपमा सहभागी हुन पुन गत भदौ २० गते ढाका प्रस्थान गरेका थिए । उनले सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्नुका साथै उर्जा सहकार्यको लागी क्षेत्रीय प्रशारण संजालको सम्भावना नामक सेमिनारमा समेत विज्ञका रुपमा आफ्ना धारणा राखेका थिए ।

भ्रमणकै क्रममा उनले आफ्ना समकक्षी नसरुल हमिदसंग द्धिपक्षीय भेटवार्ता गर्नुका साथै आपसी हितका विषयमा समेत छलफल गरेका थिए । दुवै नेताको बीचमा दुई देशबीच उर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा गम्भिर छलफल हुनुका साथै छिट्टै काम अघि बढाउने सहमती समेत भएको छ । भेटमा बङगलादेशका मन्त्री नसरुल हमिदले सुनकोशी–२ र सुनकोशी –३ जलविद्युत आयोजना संयुक्त रुपमा बनाउन प्रस्ताव राखेका छन ।

भेटवार्ताकै क्रममा उनले बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि मात्र मन्त्रिपरिषद्को बैठकले गरिसकेको जानकारी दिए । यसले उक्त आयोजना समयमै अघि बढ्ने मात्र नभई वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्साहित समेत बनाउने आशा लिएको मन्त्री पुनले बताए । ।

उर्जामन्त्री पुनले देशभित्रै र देशबाहिर समेत खपतको लागी बजार बनाउने भन्दै लगानीका लागी सबै देशी–विदेशी लगानीकर्तालाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन । उनले बङगलादेशको सरकारी प्रतिनिधीमण्डल तथा उर्जा क्षेत्रमा लगानी गरिरहेका व्यवसायीलाई नेपालमा राजनीतिक स्थायित्वको युग सुरु भइसकेको भन्दै जलविद्युत् क्षेत्रमा लगानी गर्न भेटमा आग्रह गरे।

त्यसैगरी उनका सकमक्षी हमिदले वङगलादेश सरकारले सन् २०४० भित्र ९ हजार विजुली नेपालबाट आयात गर्ने निती लिएको जानकारी पनि भेटमा दिए । नेपालको अनारमणी र वङगलादेशको वन्दरगाह नजिकको विन्दुमा ग्रिड कनेक्शनका लागी भारतसंग त्रिपक्षीय साझेदारीका लागी पहल गर्ने विषयमा समेत दुवै पक्षबीच गम्भिर छलफल भएको छ ।

नेपाल–बङ्गलादेशबीच गत महिना भएको ऊर्जा क्षेत्रको सहकार्यसम्बन्धी सम्झौता कार्यान्वयनका लागि ऊर्जा सचिव र सहसचिवस्तरीय समिति गठन भइसकेको सन्दर्भमा त्यसको पहिलो सचिवस्तरिय बैठक छिट्टै काठमाडौंमा बस्ने सहमती समेत भएको छ ।
भ्रमणदलमा माननिय उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंगै उर्जामन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ समेत सहभागी थिए ।