वैदेशिक रोजगारीकाे विवरण अनलाइनमै

श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रमा भएको विकृति र विसङ्गति हटाउन एकीकृत अनलाइन प्रणाली लागू गर्ने बताएका थिए । यो प्रणाली लागू भएपछि कामदारको सम्पूर्ण विवरण पासपोर्ट नम्बरकै भरमा हेर्न पाइन्छ ।

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले एकीकृत अनलाइन प्रणाली तयार पारेको छ । सो प्रणालीको औपचारिक सुरुआत सोमबारबाट हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार क्षेत्रमा भएको विकृति र विसङ्गति हटाउन एकीकृत अनलाइन प्रणाली लागू गर्ने बताएका थिए । यो प्रणाली लागू भएपछि कामदारको सम्पूर्ण विवरण पासपोर्ट नम्बरकै भरमा हेर्न पाइन्छ ।

यस प्रणालीअन्तर्गत श्रम मन्त्रालय र मातहतका विभाग तथा श्रम कार्यालय, राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन, विदेशस्थित नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परीक्षण संस्था तथा अभिमुखीकरण केन्द्र रहने छन् । कुनै पनि व्यक्तिको उजुरी वा गुनासोसमेत अनलाइन सिस्टममा आबद्ध हुनेछ ।

अनलाइन प्रणाली सुरु भएपछि वैदेशिक रोजगारबाट नेपाल फर्कनेहरुको सङ्ख्या यकिन हुनुका साथै विदेश जाने कामदारको सम्पूर्ण तथ्याङ्क अनलाइनबाटै हेर्न मिल्ने भएकाले म्यानपावर कम्पनीहरुले कामदारलाई ठगी गर्न नसक्ने मन्त्रालयको दाबी छ ।