बेगनासतालमा डुँगा पल्टिएर बेपत्ता सबै अाठ जनाको शव भेटियो

१० जना सवार रहेको डुङ्गा दुर्घटना हुँदा दुर्इ जना बाँच्न सफल भएका छन् भने बाँकी आठजनाको ज्यान गएको हो ।

कास्कीको बेगनास तालमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता सबै अाठ जनाको शव भेटिएको छ । १० जना सवार रहेको डुङ्गा दुर्घटना हुँदा दुर्इ जना बाँच्न सफल भएका छन् भने बाँकी आठजनाको ज्यान गएको हो ।

नवलपरासीको गैँडाकोट घर भएका ३२ वर्षीय रवि खनालको पनि शव भेटिएको जानकारी दिएको छ । दुर्घटनामा उनकै छोरा सात वर्षीय शङ्कर र आठ वर्षीय शिव खनाल, पाँच वर्षीय प्राचीन पौडेल र १७ वर्षीया मनीषा बजगाईंको पनि ज्यान गएको छ । खनाल नेपाली सेनामा कार्यरत थिए ।

बेगनासका कमलराज कँडेलको घरमा तीजको दर खान जाने क्रममा शनिबार दिउँसो डुङ्गा पल्टिएको थियो ।