प्रधानन्यायाधीशमा मिश्र

यसअघि प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई संसदीय विशेष समितिले अस्वीकृत गरेपछि मिश्रलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको हो ।

नयाँ प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सर्वसम्मत स्वीकृत भएका छन् । संसदीय सुनुवाई समितिबाट सर्वसम्मतिले उनलाई अनुमोदन गरेको हो ।

यसअघि प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई संसदीय विशेष समितिले अस्वीकृत गरेपछि मिश्रलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको हो ।

अब राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने छिन् ।