ठमेलको ज्याठामा राखिएको अक्सिजन ग्यास सिलिन्डर पड्केर बिहान ४ बजेदेखि आगलागी सुरु भएको थियो ।
काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा मङ्गलबार बिहान आगलागी हुँदा करिब १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । ठमेलको ज्याठामा राखिएको अक्सिजन ग्यास सिलिन्डर पड्केर बिहान ४ बजेदेखि आगलागी सुरु भएको थियो ।
प्रहरीका अनुसार सुनिलमान स्थापितको घरमा पानी तान्ने मोटरमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको थियो । घटनास्थलको प्रारम्भिक अनुगमनपछि प्रहरीले करिब १० करोड रुपैयाँको क्षति भएको बताएको छ । तर, कति क्षति भएको हो भन्ने स्पस्ट विवरण भने केही समयमा आउने छ ।
महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको लामो प्रयासपछि एक घन्टामा आगलागी नियन्त्रमा लिइएको थियो ।