सधैं रफ्तारमा भरत

दाङ स्थायी घर भई काठमाडौंमा आएर व्यावसायिक यात्रा सुरु गरेका आचार्यले टीएसएन बिजनेस ग्रुपअन्तर्गत म्यानुफ्याक्चरिङ, हस्पिटालिटी, हेल्थकेयर, , एजुकेसन, इनर्जी, इन्टरनेसनल ट्रेड, इन्भेस्टमेन्ट क्षेत्रका व्यवसायको नेतृत्व गरिरहेका छन् । यसमध्ये कतिपय व्यवसाय उनी एक्लैको लगानी छ भने कतिपय व्यवसाय पार्टनरसिपमा छन् ।

सन २००४ बाट व्यावसायिक यात्रा थालेका भरत आचार्य अहिले झन्डै आधा दर्जन उद्योगका मालिक बनिसकेका छन् । भरतले छोटो अवधिमै आफूलाई व्यावसायिक क्षेत्रमा ‘स्थापित बिजनेसम्यान’का रुपमा पचिरित बनाइसकेका छन् । उनी आफू व्यावसायिक क्षेत्रमा पहिलो पुस्ता हुन् । सरकारी कलेजमा अध्ययन गरेका भरतलाई परिवारको सहयोग र आफ्नो मिहिनेतबाट व्यावसायिक सफलता मिलेको हो ।

दाङ स्थायी घर भई काठमाडौंमा आएर व्यावसायिक यात्रा सुरु गरेका आचार्यले टीएसएन बिजनेस ग्रुपअन्तर्गत म्यानुफ्याक्चरिङ, हस्पिटालिटी, हेल्थकेयर, , एजुकेसन, इनर्जी, इन्टरनेसनल ट्रेड, इन्भेस्टमेन्ट क्षेत्रका व्यवसायको नेतृत्व गरिरहेका छन् । यसमध्ये कतिपय व्यवसाय उनी एक्लैको लगानी छ भने कतिपय व्यवसाय पार्टनरसिपमा छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्यका साथै रोजगारदाता परिषद्का उपसभापतिसमेत रहेका आचार्य पीईटी प्रडक्ट एन्ड क्लोजर उत्पादक सङ्घका अध्यक्ष हुन् । इन्टरनेसनल काउन्सिल अफ प्लास्टिक इन्डस्ट्रिज एसोसिएसन डिरेक्टर्सका काउन्सिल मेम्बर पनि छन् उनी ।

१४ वर्षको व्यावसायिक यात्रामा आचार्यले टीएसएनअन्तर्गत आठओटा उद्योग तथा कम्पनी स्थापना गरिसकेका छन् । निकट भविष्यमै थप तीन नयाँ उद्योग पनि सञ्चालनमा ल्याउँदै छन् । नयाँ आउन लागेका उद्योगमा उनीसहित अन्य लगानीकर्ता पनि छन् ।

सँगै  व्यावसायिक राजनीतिमा पनि


व्यावसायिक यात्रामा सफल बन्दै गएका आचार्य बिस्तारै  व्ययावसायिक राजनीतिमा पनि सक्रिय छन् । उनी डेढ वर्षअघि नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी सदस्यमा निर्वाचित भएका हुन् । त्यसबाहेक अन्य विभिन्न व्यावसायिक सङ्गठनमा रहेर उनले काम गरिरहेका छन् । उद्योगीका मुद्दालाई निष्कर्षमा पु¥याउन र समाधान गर्न आचार्यले सरकारसँग विभिन्न ‘लबिइङ’समेत गरिरहेका छन् ।