पछिल्लो समय मन्त्रालय मातहतका धेरै कर्मचारीहरु एयरलाइन्स, गैरसरकारी संस्था तथा विभिन्न तालिमको नाममा विदेश भ्रमणमा गइरहेका बेला मन्त्रालयले कडाइ गर्न लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न कार्यक्रमका नाममा विदेश भ्रमणमा जाने कर्मचारीमाथि कडाइ गर्ने भएको छ । पछिल्लो समय मन्त्रालय मातहतका धेरै कर्मचारीहरु एयरलाइन्स, गैरसरकारी संस्था तथा विभिन्न तालिमको नाममा विदेश भ्रमणमा गइरहेका बेला मन्त्रालयले कडाइ गर्न लागेको हो ।
मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विदेश भ्रमणमा जाने कर्मचारीहरुले अनिवार्य रुपमा मन्त्रालयबाट स्वीकृति लिएर मात्र जानु पर्ने बताए । ‘मन्त्रीज्यू आइतबार काठमाडौं बाहिर जानु भएकोले निर्णय हुन सकेको छैन, उहाँ फर्किनेबित्तिकै निर्णयमा जान्छौं,’ सचिव देवकोटाले भने । दाङमा रहेका पर्यटनमन्त्री सोमबार राजधानी फर्कने कार्यक्रम रहेको उनले बताए ।
मन्त्रालयलाई जानकारी नै नगराई नेपाल वायुसेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), पर्यटन बोर्ड, पर्यटन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका कर्मचारी विदेश भ्रमणमा गइरहेको भन्दै मन्त्रालयभित्र नै ओलाचना भैरहेको थियो । बिरामी बिदा लिएर पनि कर्मचारीहरु एयरलाइन्सले उपलब्ध गराएको टिकटमा विदेश गएको भन्दै केही कर्मचारीले मन्त्रालयमा नै उजुरी गरेका थिए ।