नेपाल विद्युत् प्राधिकरणले गर्यो ३२ कर्मचारीको सरुवा

नेपाल विद्युत् प्राधिकरणले ३२ जना कर्मचारीको सरुवा गरेको छ । सातौंदेखि दसौं तहसम्मका कर्मचारीलाई प्राधिकरणले विभिन्न क्षेत्रीय कार्यालय, विभाग, केन्द्र र महाशाखामा सरुवा तथा जिम्मेवारी तोकेको हो ।

अत्तरिसा क्षेत्रीय कार्यालयका प्रमुख तारानाथ शर्मालाई योजना तथा प्राविधिक सेवा विभाग विद्युत् चुहावट महाशाखा प्रमुख सतीशकुमार कर्णलाई अत्तरिया क्षेत्रीय कार्यालयमा, दमक वितरण केन्द्रका प्रमुख राजीवकुमार शर्मालाई विराटनगर वितरण केन्द्र प्रमुखमा सरुवा गरेको छ ।

अन्य तहका कर्मचारीलाई विभिन्न पनि विभिन्न पदमा सरुवा तथा जिम्मेवारी तोकिदिएको छ ।